माघ १५ मा बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

ByRocket Reporter

१२ माघ २०७९, बिहीबार ०८:१२ १२ माघ २०७९, बिहीबार ०८:१२ १२ माघ २०७९, बिहीबार ०८:१२

माघ १५ गते दिउँसो १ बजे बस्ने गरी पार्टी सभापति शेरबहादुर देउवाले बालाएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकाएक स्थगित गरिएको छ।

कांग्रेस नेतृत्वको सत्तागठ बन्धन भत्किएसँगै केन्द्रीय कार्यसमितिको बैठक माग गरिएको थियो। त्यससँगै आगामी राष्ट्रपति निर्वाचनको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएकोमा एकाएक स्थगित गरिएको हो।

विशेष कारण देखाउँदै केन्द्रीय कार्यसमिति बैठक अनिश्तिकालका लागि स्थगित गरिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘केन्द्रीय कार्यसििमतको बैठक २०७९ माघ १५ गते आइतबार अपराह्न १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ।’


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *