नायिका करिश्मा मानन्धरले लेखिन भाबुक स्टाटस – Saja Khabar

ByRocket Reporter

११ माघ २०७९, बुधबार १९:१२ ११ माघ २०७९, बुधबार १९:१२ ११ माघ २०७९, बुधबार १९:१२

काठमाडौँ । मंगलबार आ’ त्मदा’ ह गरेका ईलाम जिल्लाको सूर्योदय गाउँपालिका बस्ने-४० वर्षीय प्रेम प्रसाद आचार्यको उपचारको क्रममा आज बिहान बर्न अस्पताल कीर्तिपुरमा नि’ धन भएको छ । उनले सरकारको नाममा २५ बुँदे सुझाव पनि दिएका छन् ।

अभिनेत्री करिश्मा मानन्धरले देश मै केही गर्न चाहनेहरुले यसरी आ’ त्मदा’ ह गर्नु निकै दुखद भएको बताएकी छिन् । सरकारको सबैभन्दा ठूलो दल नेकपा एमालेकी नेतृ समेत रहेकी करिश्माले फेसबुकमा स्टाटस लेख्दै देश मै केही गर्न चाहनेहरुले यसरी आ’ त्मदा’ ह गर्नु निकै

दुखद भन्दै यस घटनाले हाम्रो देशका नीतिनियमहरु समयानुसार सुधार हुनुपर्ने तर्फ संकेत गरेको उल्लेख गरेकी छिन् ।उनले भनेकी छिन् जनपक्षीय नीतिको अभावकै कारण आफैँ बलबुतामा केही गर्न चाहने नेपाली नागरिक सबैतीरबाट ऋण र उधारोको मारमा परेर छट्पटाउनु परेको विषयमा सरकार संवेदनशील हुनु जरुरी छ ।

सहज ढंगले व्यापार – व्यवसाय गरेर नेपाल मै परिवारसँग बस्न पाउने वातावरण बनाउनु सरकारको दायित्व हो र यसका लागि नीतिनियम जनपक्षीय हुनुपर्छ । सुधार गर्नुपर्छ । स्व।प्रेमप्रसाद आचार्यमा हार्दिक श्र’ ध्दाञ्जली ।त्यस्तै सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत ९सिके राउत०ले प्रेम आचार्यको

आ’ त्मदा’ ह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आ’ गो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान नि’ धन भएको छ ।

सोही घटनालाई अध्यक्ष राउतले आचार्ययो सो बताएका हुन् । तारेक अल–तैयब मोहम्मद बौउजीजीको आ’ त्महदा’ हले ल्याएको अरब क्रा’ न्तिजस्तै नेपालमा क्रा’ न्ति ल्याउने आशा गरेका उनले आफूहरुको राजनीतिमा भएको उदयले पनि केही आश जगाउन नसक्नु दुःखद भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्: आ’ त्मदा’ ह बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रा’ न्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रा’ न्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुःखद छ। हार्दिक श्र’ द्धाञ्जली

Leave a Reply

Your email address will not be published. Required fields are marked *