समाजसेवी इशा गुरुङले प्रेम आचार्यका छोरीहरुका लागि भनेर गरिन् यतिठुलो रकम सहयोग !

ByRocket Reporter

११ माघ २०७९, बुधबार १९:१९ ११ माघ २०७९, बुधबार १९:१९ ११ माघ २०७९, बुधबार १९:१९

काठमाडौं । इलामका ३७ वर्षीय प्रेम आचार्यको नि’ धनसँगै उनका परिवारलाई सहयोग गर्ने क्रम सुरु भएको छ । यसैबिच चर्चित समाजसेवी ईशा गुरुङ्गले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर १ लाख रुपैयाँ सहयोग गरेको बताएका छन् ।

ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा १ लाख पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएका छन् ।आफूले शरीरमा आ’ गो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दुख बारे लेखेका थिए । उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध गरेका थिए ।

नयाँबानेश्वरस्थित संसद भवन अगाडि आ’ त्मदा’ हको प्रयास गरेका प्रेम आचार्यको आज उपचारका क्रममा किर्तिीपुर स्थित बर्न अस्पतालमा नि’ धन भएको हो । उनको निधन सँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् ।

नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आ’ गो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् । आ’ त्मदा’ हको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै

उनले आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आ’ त्मदा’ हको निर्णय फेर्न नसकेको बताएका छन् । यसमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ ।‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’ सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेखेका छन् ।

उपचारका क्रममा प्रेमप्रसाद आचार्यको नि’ धन भएपछि उनले उनको मृ’ त्युमा आफू पनि दोषी रहेको बताएका हुन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेले लेखेका छन् स् एउटा नागरिकले अ’ त्मदा’ ह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र ।

यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपार्इंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आ’ त्मदा’ हको निर्णय फेर्न सकेन ।

यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चीरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *