नेपाली राजदूत अधिकारीले भेटे पाकिस्तानका कानून राज्यमन्त्री

ByRocket Reporter

११ माघ २०७९, बुधबार ०९:३९ ११ माघ २०७९, बुधबार ०९:३९ ११ माघ २०७९, बुधबार ०९:३९

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान सरकारको कानून तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानसँग भेटावार्ता गरेका छन्।

बुधबार राज्यमन्त्री अवानको इस्लामावादस्थित कार्यकक्षमा भएको भेटमा नेपाल-पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुमधुर बनाउने उपायबारे छलफल भएको राजदूत अधिकारीले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्।

यस्तै भेटमा दुई देशबीचको संसदीय सहकार्यबारे पनि छलफल भएको राजदूत अधिकारीले जनाएका छन्।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *