मुम्बई : दक्षिण भारतीय (साउथ) का चर्चित अभिनेता सुधीर वर्माले आ’ त्मह’ त्या गरेका छन् । विष खाएर आ’ त्मह’ त्या प्रयास गरेका उनको हैदरावादको उस्मानिया अस्पतालमा उपचारको क्रममा मंगलबार नि’ धन भएको भारतीय मिडियाले जनाएका छन् ।
३३ वर्षीय वर्माको उपचारको क्रमम नि’ धन भएको हो । स्वास्थ्य बिग्रिएपछि उनले हैदराबादस्थित आफन्तको घरमा गएर वि’ ष सेवन गरेका हुन् । वर्माको नि’ धन भएको उनका सहकलाकार तथा साथी अभिनेता सुधाकर कोमकुलाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले वर्मालाई श्र’ द्धाञ्जली दिँदै लेखेका छन्, ‘प्यारो र राम्रो मान्छे । तपाईसँग काम गर्न राम्रो लाग्यो ।
म विश्वास गर्न सक्दिन कि तपाईं अब यो संसारमा हुनुहुन्न् ।’त्यस्तै उनको नि’ धनप्रति अभिनेत्री चाँदनी चौधरीले लेखेकी छिन्, ‘सुधीर, तिम्रो बिदाईले मेरो मुटु टुटेको छ, तिमी महान अभिनेता थियौ । हामीले तिमीलाई सम्झने छौँ ।’ रिपोर्टका अनुसार राम्रो भूमिका र काम नपाएका कारण वर्मा लामो समयदेखि डि’ प्रेसनमा थिए । जसका कारण उनले आ’ त्मह’ त्याजस्तो कदम उठाएका हुन् ।
यो पनि – हलिउड निर्देशक जेम्स क्यामरुन र उनको फिल्म ‘अवतार २’का लागि एउटा सुखद संयोग परेको छ ।निर्देशक क्यामरुन र उनको फिल्मले बेग्लाबेग्लै इतिहास रचेका छन् । निर्देशक क्यामरुनले आफू यसै हलिउडको महान निर्देशन बनेको होइन भन्ने कुराको प्रमाणित गरिदिएका छन् ।
१३ वर्षको कडा मिहेनत र आफ्नो दूरदर्शीताका साथ ‘अवतार द वे अफ वाटर’लाई पर्दामा प्रस्तुत गर्ने क्यामरुनले विश्वको बक्सअफिसमा दुई बिलियन डलरको कमाई गर्ने फिल्म बनाएर ह्याट्रिक गरेका छन् ।उनले आफ्नो योग्यताको बलमा विश्वको बक्सअफिसमा दुई बिलियन लडर बढी कमाई गर्ने फिल्मका निर्देशकको अनौठो ह्याट्रिक बनाएका छन् ।
उनको सन् १९९७ मा रिलिज ब्लकबस्टर फिल्म ‘टाइटानिक’, सन् २००९ मा रिलिज ‘अवतार’ र गत वर्ष रिलिज ‘अवतार २’ तीनै फिल्मले विश्वव्यापी बक्सअफिसमा बम्पर कमाई गर्दै दुई बिलियन डलरको आँकडा पार गरेका छन् । कुनै पनि निर्देशकका लागि यो उपलब्धि आफैंमा ठूलो हो ।
गत १६ डिसेम्बरमा रिलिज ‘अवतारः द वे अफ वाटर’ अहिलेसम्मको सर्वाधिक कमाउने फिल्मको छैटौं स्थानमा छ । ‘अवतार’को पहिलो संस्करण जस्तै दोस्रो संस्करण पनि दुई अर्ब डलर क्लबमा समावेश भएको छ ।