यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ८.१४ अंक बढेर २१७३.२४ बिन्दुमा पुगेको हो।
त्यस्तै सेन्सेटिभ इण्डेक्स २.५३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंकले बढेको छ।
मंगलबार कारोबारमा आएका २४८ कम्पनीको ८३ लाख कित्ता शेयर ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ४ करोडको शेयर खरिदबिक्री भएको थियो।
मंगलबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। त्यस्तै अन्य उपसमूहको परिसूचक २.५१ अंक बढेको छ भने जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यता लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।
मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेसँगै सानिमा जीआईसी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यता मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ५.४८ प्रतिशत घटेको छ। आज नेपाल टेलिकमकोे करिब १३ करोडको शेयर कारोबार भएको छ।
(Source: Pardafas)