प्रभुका हेलिकप्टर अब उड्न नपाउने – Saja Khabar

ByRocket Reporter

१० माघ २०७९, मंगलवार ०७:१३ १० माघ २०७९, मंगलवार ०७:१३ १० माघ २०७९, मंगलवार ०७:१३

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडान रोकेको छ । माघ ५ गते अनुमति नै नलिई स्याङजाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको विषयमा प्राधिकरणले स्पष्टिकरण सोधेको भएपनि जवाफ नआएपछि उडान बन्द गराइएको बताइएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्रभुलाई माघ ५ गते बिना अनुमति वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गर्नुपर्ने कारणबारे मौखिक स्पष्टिकरण सोधिएको थियो । तर, अहिलेसम्म जवाफ आएको छैन । जवाफ नआएपछि प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको हो ।उनले जवाफ आएपछि थप छानबिन गरिने पनि बताएका छन् ।

यो पनि – नेपाली कफीबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्न काठमाडौँको होटल शङ्करमा सोमबार एउटा कार्यक्रम राखियो । निमन्त्रणानुसार आर्थिक विषयवस्तुमा समाचार लेख्ने पत्रकारहरु दिउँसो २ बजे तोकिएकै समयमा लाजिम्पाटस्थित होटल शङ्कर पुगे ।कार्यक्रम ३ बजे मात्रै सुरु भयो ।

युरोपियन युनियनको सहयोगमा सञ्चालन भएको ‘इयू–नेपाल ब्यापार तथा लगानी कार्यक्रम’मार्फत अन्तर्राष्ट्रिय ब्यापार केन्द्रको प्राविधिक सहयोगमा भएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न चार तारे होटलमा कार्यक्रम आयोजना गरिनु आफैँमा अनौठो र हास्यास्पद थियो ।

अझ, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का बाली तथा बागवानी निर्देशक श्रीमद श्रेष्ठ, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रशासकीय अधिकृत चन्द्र पुरी, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रतिनिधि र कृषि तथा वन विज्ञान विश्व विद्यालयका प्राध्यापकहरु नै कफीको कुरा गर्न चार तारे होटलमा लाइन लागेर उपस्थित भए ।

त्यसले नेपालका कृषि सम्बद्घ अधिकारीहरु र विज्ञ स्वयम् कृषिप्रति कतिको संवेदनशिल छन् भन्ने देखाउँछ । उनीहरुलाई चारतारेले आकर्षित गरायो, कृषिप्रति होइन । यस्ता गतिविधिले कृषिप्रति अधिकारीहरु अनुदार छन् भन्ने पनि देखाउने सहभागी एक जनाले बताए ।

‘हाम्रो भनाई पनि तारे होटलमा त्यस्तो कार्यक्रम गरेर कफी खेतीको विकास र विस्तार तथा यसको बजारिकरणमा कुनै उपलब्धी हुँदैन भन्ने नै हो’ कफी व्यवसायी महासङ्घका एक जना पदाधिकारीले भने, ‘त्यत्रो होटलमा त्यस्तो कार्यक्रम गर्ने खर्चले एउटा गाउँमा गएर वास्तविक किसानमा लगानी गरेको भए धेरै उपलब्धी हुन्थ्यो ।’

उक्त कार्यक्रममा कति खर्च भयो भन्ने जानकारी नदिइए पनि खर्च सबै युरोपियन युनियनले बेहोरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *