सुनको मुल्यले बनायाे नयाँ रेकर्ड, ताेलाकाे कति पुग्याे?

ByRocket Reporter

१० माघ २०७९, मंगलवार ०५:४५ १० माघ २०७९, मंगलवार ०५:४५ १० माघ २०७९, मंगलवार ०५:४५

सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ। यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो। जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो। यसअघि सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो।

(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *