नेपाल प्रहरीले दुबईमा घरजग्गा र प्रपर्टीमा लगानी गराउने उद्देश्यले काठमाडौंको होटल सोल्टीमा सञ्चालित ‘दुबई प्रपर्टी मेला’ रोकेको छ।
सरकारी निकायको अनुमतिबिना मेला सञ्चालन गरेको पाइएपछि त्यसमा हस्तक्षेप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पाँच जना विदेशी नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
सोल्टी होटलमा दुई दिनदेखि उक्त मेला सञ्चालन भइरहेको थियो। दुबईको दमाक कम्पनीले मेला सञ्चालन गरिरहेको थियो।
मुलुकको कानूनले विदेशमा घरजग्गा र प्रोपर्टीमा लगानी गर्न बर्जित गरेको छ। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार गर्न रोक लगाएको छ। तर, आयोजक संस्थाले सरकारी संयन्त्रमा जानकारी पनि नदिई दुबईमा लगानी गराउने उद्देश्यले उक्त सो आयोजना गरेको प्रहरीको भनाइ छ।
(Source: Pardafas)