बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने – Pardafas.com

ByRocket Reporter

८ माघ २०७९, आईतवार ११:०८ ८ माघ २०७९, आईतवार ११:०८ ८ माघ २०७९, आईतवार ११:०८

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताएका छन्।

आइतबार बुद्ध एयरको विमानको मर्मतसम्भार र सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउन सक्ने चुनौतीको सामना गर्ने गरी काम गरिरहेको बताएका हुन्।

उनले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसाबले सुरक्षित रहेको बताए। उनले बुद्ध एयरको मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शी बनाउने रहेको बताए। उनले बुद्ध एयरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउनका लागि विमान मर्मतलगायतका विषयमा थप कडाइका साथ काम थालनी गरेको बताए।

उनले नेपालमा पछिल्लो समय भइरहेका हवाई दुर्घटनाले थप चुनौती थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको बताए। बस्नेतले बुद्ध एयरले कुनैपनि प्राविधिक तथा अन्य सूचनाहरू लुकाउने नगरेको बताए। उनले हवाई उडान, उडानको प्राविधिक पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य रहेको भन्दै हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताए। उनले बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको बताए।

बुद्ध एयरले हवाई दुर्घटना बढ्दै जाँदा धेरै वर्ष पुराना विमानहरू नेपालमा ल्याएर उडान भर्ने गरेको भन्दै बाहिर आवाज उठेको छ। तर, अन्तरक्रिया कार्यक्रममा जानकारहरूले विमानहरू पुराना नहुने बताएका छन्। उनीहरूले विमानहरू मर्मतसम्भार र पार्टपुर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपुर्जा परिवर्तन गरी हवाई उडान गर्नुपर्ने बताएका छन्। अन्तरक्रियामार्फत बुद्ध एयरले हवाई उडानलाई सुरक्षित बनाउनको लागि विमान मर्मत र पार्टपुर्जाको लागि अर्बौं लगानी गरेको बताएको छ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *