राजेन्द्र लिङदेन उपप्रधानमन्त्रीसहित उर्जामन्त्री बन्ने – Saja Khabar

ByRocket Reporter

२ माघ २०७९, सोमबार १६:५० २ माघ २०७९, सोमबार १६:५० २ माघ २०७९, सोमबार १६:५०

राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेन उर्जामन्त्री बन्ने भएका छन् । लिङदेन उपप्रधानमन्त्रीसहित उर्जामन्त्री बन्ने भएका हुन् । सत्तारुढ दलका नेताहरुको बालुवाटारमा बसेको बैठकले मन्त्रालयको सोमबार टुंगो लगाएको हो । रापप्राले सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ ।

सत्तारुढ दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले मन्त्रीको टुंगो लगाउने निर्णय गरेको हो । नवनियुक्त मन्त्रीहरुले मंगलवार सपथ खाने कार्यक्रम छ ।सत्तारुढ दलबीच एमालेले २ राज्यमन्त्रीसहित ८ मन्त्रालय, माओवादी केन्द्रले ४,

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री र जसपाले २ वटा मन्त्रालय पाउने सहमति भएको छ ।बैठकमा राष्ट्रपति,उपराष्ट्रपति, सभामुख र उपसभामुखको चयनका विषयमा समेत छलफल भएको छ ।उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री

छनोट गर्ने जिम्मा पार्टी सभापति रवि छामिछानेलाई दिइएको छ ।रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिए।

सांसद परियारका अनुसार सत्ता साझेदार दलहरुसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उनलाई नै दिइएको हो । सत्ता साझेदार दलहरुको बैठकले राष्ट्रपति र सभामुख गठबन्धनको सबैभन्दा ठूलो नेकपा एमालेलाई दिने सहमति जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठकले दुवै पद एमालेलाई दिने निर्णय गरेको हो ।गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रले प्रधानमन्त्री पाएकाले राष्ट्रपति र सभामुख एमालेले पाउने एक नेताले बताए । उपसभामुख र उपराष्ट्रपतिको बारेमा भने अझै छलफल भइरहेको छ ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा भने टुंगिएको छ । उनीहरुले आ आफ्नो भागमा परेका मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे निर्णय गरेर प्रधानमन्त्रीलाई दिएपछि मंगलवार सपथ ग्रहण हुनेछ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागि थिए । बालुवाटार बैठकअघि प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफल गरेका थिए । पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले २२ दिनपछि मन्त्रिपरिषदलाइ पूर्णता दिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *