इटलीको काराबिनेरी प्रहरीले सोमबार तीन दशकदेखि फरार रहेको देशको मोस्ट वान्टेड माफिया प्रमुख माटेओ मेसिना डेनारोलाई पक्राउ गरेको छ।
सिसिलीको राजधानी पालेर्मोमा हिरासतमा रहेका मेसिना डेनारोलाई सिसिलीको कोसा नोस्ट्रा माफियाको प्रमुख भएको आरोप लगाइएको छ ।
सन् १९९२ मा माफियाविरोधी अभियोजक जियोभन्नी फाल्कोन र पाओलो बोर्सेलिनोको हत्यामा उनकाे संलग्नता पुष्टि भएपछि आजीवन कारावासको सजाय सुनाइएको थियाे।
उनले फ्लोरेन्स, रोम र मिलानमा भएको बम आक्रमणको घटनामा आजीवन कारावासको सामना पनि गरेका छन् जुन आक्रमणमा १० जनाको मृत्यु भएको थियो।
प्रहरीले सेप्टेम्बर २०२२ मा उनी लामो समयदेखि फरार भए तापनि उनको क्षेत्रीय गढ ट्रापानीको पश्चिमी सिसिलियन शहर वरपरको क्षेत्रमा माफिया चलाउन आदेशहरू जारी गर्न सक्षम भएको बताएको थियो।
(Source: Pardafas)