यती एयरलाइन्सका मालिकको पनि हवाइ दु’ र्घटनामा ज्यान गएको थियो

ByRocket Reporter

२ माघ २०७९, सोमबार ०७:३८ २ माघ २०७९, सोमबार ०७:३८ २ माघ २०७९, सोमबार ०७:३८

काठमाडौं । यती एयरलाइन्सको एटिआर–७२ विमान आज पोखरामा दु’ र्घटना भएको छ । विमानमा ७२ जना सवार थिए ।हालसम्म ६९ जनाको श’ व निकालिएको छ । तर दु’ र्घटनापछि नेपालमा बारम्बार हुने विमान दु’ र्घटना र यती एयरलाइन्सको दु’ र्घटनाको चर्चा सुरु भएको छ ।

विगतमा नेपालमा भएका विमान दु’ र्घटनामा यती एयरलाइन्सको नाम पनि धेरै समाचारमा आएको छ । सन् २०१९ मा पनि यती एयरलाइन्सका संस्थापक आङ छिरिङ शेर्पाको हेलिकोप्टर दु’ र्घटनामा मृ’ त्यु भएको थियो ।शेर्पा चढेको हेलिकप्टर उनको कम्पनी एयर डाइनेस्टीको थियो ।

हेलिकप्टर दु’ र्घटनामा यतीका मालिकको मृ’ त्यु भएको थियो ।२७ फेब्रुअरी २०१९ मा नेपालको ताप्लेजुङमा हेलिकप्टर दु’ र्घटना भएको थियो । यो हेलिकप्टरमा शेर्पासँगै अन्य ६ जना सवार थिए । जसमा नेपालका तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पनि थिए ।

हेलिकप्टर आङ छिरिङ शेर्पाले सुरु गरेको एयर डाइनेस्टीको थियो ।सन् १९९३ मा शेर्पाले एयर डाइनेस्टीको सुरुवात गरेका थिए । २००५ मा, यतीले बेलायती कम्पनीबाट विदेशी कोष प्राप्त गर्यो। यसपछि हावामा राज चलाएको थियो । यस कम्पनीको नेपालमा तीनवटा हब छन्।

एउटा काठमाडौं, दोस्रो लुक्ला र तेस्रो पोखरा। त्यही पोखरा जहाँ आज विमान दु’ र्घटना भएको थियो ।यती एयरलाइन्स नेपालको दोस्रो ठूलो एयरलाइन्स हो। यसलाई सन् १९९८ मा छिरिङ शेर्पाले सुरु गरेका थिए । अगस्त १९९८ मा, यो एयरलाइन्सले उडान सुरु गरेको थियो ।

त्यसयता यती नेपालको उड्डयन क्षेत्रमा ठूलो हिस्सा बन्यो । यो कम्पनीले अर्को एयरलाइन्स सुरु गर्यो। यती तारा एयरको मूल कम्पनी हो । सन् २००८ मा नेपाल उड्डयन बजारमा दुवै कम्पनीले ६० प्रतिशत सेयर लिएको समय थियो ।तर नेपालमा यती एयरलाइन्सका धेरै विमान दु’ र्घटनामा परेका छन् ।

जहाज दु’ र्घटनामा मृ’ त्यु भएका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाई दु’ र्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने व्यवस्था रहेको छ ।

आइतबारको विदेशी विनियम दरअनुसार एक अमेरिकी डलरको सटही दर १२९.८३ रुपियाँ रहेकाले प्रतिमृतकका परिवारले करिब २५ लाख ९४ हजार रुपियाँ पाउने छन् ।त्यसैगरी चालकदलका सदस्यहरूले बिमाबापत प्रतिव्यक्ति ४० हजार अमेरिकी डलर पाउने व्यवस्था छ ।

दुर्घटनाग्र’ स्त विमानको बिमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमार्फत रहेको छ ।जहाज दु’ र्घटनामा परेपछि यति एयरलाइन्सले सोमबार हुने भनिएका सबै उडान रद्द गरेको छ । एयरलाइन्सले एक सूचना जारी गर्दै सोमबार हुने देशभरको नियमित उडान रद्द गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *