साइरन बजाउँदै अस्पतालमा एम्बुलेन्स श’ व लिएर आइरहेका छन् । छोराको शवको पर्खाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको लायन्स पार्कमा कास्की रूपाका विष्णुबहादुर केसी बसिरहेका थिए । विष्णु पोखरामा आइतबार बिहान दु’ र्घटना भएको यती एअरलाइन्सका पाइलट कमलका बुवा हुन् ।

घटनास्थलको दृश्य देखेपछि छोरा जीवितै फर्किने आस विष्णुलाई म’ रिसकेको थियो । त्यसपछि उनी श’ व पहिचानका लागि श’ व राख्ने तयारी भएको क्षेत्रीय अस्पताल पुगेका थिए । विष्णु त आफूलाई सम्हालिरहेका छन्, तर श्रीमती मीनाको आँसु रोकिएको छैन ।

पार्कमा बस्दा घरीघरी उनी रुँदै चिच्याउँथिन्, ‘मेरो बाबु, मेरो कमल छोरा, ए कमल बाबु, ए छोरा, ए छोरा, मेरो छोरा ।’पाइलट कमलको जन्म कास्की रूपाको पोल्याङमा २०१९ साल ४ कात्तिकमा भएको हो । कमल रुपा गाउँपालिकाकै पहिलो पाइलट हुन् ।

बुवा विष्णुका अनुसार कमलले २०४६ सालमा अमेरिकाको टेक्सासबाट पाइलट कोर्स पूरा गरेका थिए । अमेरिकामा कोर्स पूरा गरेपछि उनले भारतमा केही समय उडान गरेका थिए । त्यसपछि नेपाल वायु सेवा निगमसँग जोडिए । त्यहाँ जागिर छोडेर उनी डेढ दशकअघि यतीसँग जोडिएका थिए ।

काठमाडौं–पोखरा दैनिक आउने भए पनि कमलको भेट पोखरा बस्ने बुवाआमासँग कमै हुन्थ्यो । ‘पोखरा आएको छु’ भनेर घरमा बुवालाई फोन गरिरहन्थे । आमाबुवा कास्की रुपा गाउँपालिका–३ पोल्याङकै घरमा बस्छन् । केही सामान चाहिए कमल घरमा फोन गर्थे ।

१४ वर्षीय कान्छो छोराले चामल नमीठो भयो भनेपछि एक हप्ताअघि कमलले बुवालाई जेठोबुढो पठाइदिन भनेका थिए । घरबाट आमाबुवाले जेठोबुढो कोसेली पठाइदिए । ‘सामान पठाउँदा लिएर गएको हो । दिनदिनै आउँछु बुवा भन्थ्यो,’ बुवा विष्णुले भने, ‘घर जान भ्याउँथेन । जोमसोम उडान गर्दा घर आएर बस्थ्यो । अहिले नाइट स्टे नभएकाले बस्थेन ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि यति एयरलायन्सले गरेको पहिलो परीक्षण उडान पनि क्याप्टेन कमलले नै गरेका थिए। जुन सफल थियो। त्यसपछि कमल नियमित रूपमा जहाज लिएर पोखरा-काठमाडौं आउजाउ गरेको बुबा वीरेन्द्र बताउँछन्।

‘पहिला सानो जहाज लिएर जोमसोम जान्थ्यो, अन्तर्राष्ट्रिय एयरपोर्ट चलेपछि दिनदिनै पोखरा आउँछु बुबा भन्थ्यो,’ वीरेन्द्रले भने, ‘घर आउनचाहिँ भ्याउँथेन।’क्याप्टेन कमलका कान्छा छोरा काठमाडौंमा पढ्दैछन्। १४ वर्षीय कान्छा छोराले खाना मीठो भएन, पोखरेली जेठोबुढो धानको चामल पठाइदिनुपर्‍यो भनेका थिए।

चामलसहित सामान लिएर बुबा वीरेन्द्र आफैं विमानस्थल जान खोजेका थिए। त्यतिबेला कमलले भनेका थिए- मेरो अफिस सेतीको छेउतिर छ बुबा, नआउनु भेट्न पाइँदैन।त्यसपछि परिवारले अरूसँग सामान पठाइदिएका थिए। विष्णुका भाइका साला दीपक राणा पाइलट थिए ।

उनकै प्रेरणाले कमललाई पाइलट बन्ने मन पलाएको थियो । ‘आफ्नै इच्छाले पाइलट पढेको हो । मैले नपढ भनेको थिएँ,’ बुवा विष्णुले सुनाए, ‘मेरो भाइको साला दीपक राणा पाइलट थिए । उनैले गर्दा पाइलट पढ्छु भन्यो ।’विष्णु–मीनाका ६ मध्ये कमल जेठा छोरा हुन् ।

उनी मुनि दुई भाइ र तीन बहिनी छन् । कमलको जन्म हुँदा मीना बल्ल १५ वर्षकी थिइन् । विष्णु र मीनाको २०१७ सालतिर विवाह भएको थियो । त्यसको २ वर्षपछि कमल जन्मिएका थिए । छोराहरु डाक्टर, पाइलट, इन्जिनियर थिए ।त्यसैले विष्णु र मीना आफूलाई निकै भाग्यमानी ठान्थे ।

तर, आइतबारको घटनापछि भगवान्‌सँग मीनाको ठूलो गुनासो छ । ‘मजस्तो भाग्यमानी कोही छैन भन्थेँ । अहिले यस्तो भयो । ३ छोरा, ३ छोरी, नातिनातिना सर्लक्कै छन् । मलाईजस्तो राम्रो कसैलाई थिएन,’ मीना सुनाउँछिन्, ‘भगवान्‌ले लगे मेरो बाबुलाई । यस्तो होला भन्ने कल्पना नै थिएन ।’

बुवा विष्णु कमललाई अब रिटायर्ड जीवन बिताउन सुझाव दिइरहन्थे । कमल ‘ठीकै छ बुवा’भनेर टार्थे । अस्पताल परिसरमा मलिन आवाजमा विष्णुले भने, ‘जे लेखेको थियो टारेर टर्दैन ।’ कमल तिनै पाइलट हुन् जसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत ७ पुसमा डेमो उडान गरेका थिए ।

आइतबार दुर्घटना भएको नाइन–एन एएनसी एटीआर जहाज त्यो दिन पनि उनैले उडाएका थिए । पाइलट कमलको परिवार काठमाडौं बूढानीलकण्ठ बस्छ । उनका श्रीमती र दुई छोरा छन् । काठमाडौंबाट ६८ जना यात्रु र अन्य तीन जना चालक दलका सदस्यसहित पाइलट कमल आइतबार बिहान साढे १० बजे पोखरा उडेका थिए ।

तर, त्यो जहाजमा सवार कमलसहित ७२ जना पोखरा ओर्लन पाएनन् । पोखराको मध्य भागबाट बग्ने सेती नदी किनारमा जहाज बजारिएर आगो लागेको थियो । दु’ र्घटनामा परेकामध्ये ६९ जनाको मृ’ त्यु भएको पुष्टि भएको छ भने तीन जनाको अवस्था अज्ञात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *