गायिका निराले पोखरा उड्नु ठिक अघि फेसबुकमा यस्तो लेखेकी रहिछन-

ByRocket Reporter

१ माघ २०७९, आईतवार १७:३२ १ माघ २०७९, आईतवार १७:३२ १ माघ २०७९, आईतवार १७:३२

पोखरामा दु’ र्घटना भएको यती एयरलाइन्सको विमानमा लोक गायिका निरा छन्त्याल पनि रहेको पाइएको छ ।उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् ।

सोही अनुरुप उनी बिहान पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उडिन् । तर, उनी सवार विमान दु’ र्घटना भयो ।विमानस्थलमा अवतरण गर्नुभन्दा केही सेकेण्ड अगाडि विमान पोखराको घारेपाटनस्थित सेती नदीको खोचमा दुर्घटनाग्र’ स्त भएको थियो ।

उनले विमान उड्नुअघि आज बिहान फेसबुकमा फोटो शेयर गर्दै माघे सक्रान्तिको शुभकामना दिएकी थिइन् । उनले लेखेकी थिइन् ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यो पनि – पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन ।अमेरिकाबाट शनिबार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् ।

माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै दु’ र्घटनामा परे ।सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहान सम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शो’ कमा डुबेको छ ।

सापकोटाकी आमा गीता दु’ र्घटनाको खबरसँगै बेहोस बनेका छन्। उनका छरछिमेक सबैका आँखा रसाएका छन् ।डिभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए । गत वर्ष माघको १९ गते विवाह गरेका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आएका हुन् ।

उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव(ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आएका हुन्। “दु’ र्घटनाको खबरसँगै हामी छरछिमेक सबै शो’ कमा डुबेका छौँ”, उनले भने । उता दु’ र्घटनाले आशिकाका माइतीहरू पनि शो’ कमा छन् ।

सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दु’ र्घटनामा परेका छन् । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पत्तिले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाएका थिए । जहाज दु’ र्घटनामा हेमाजाकै चार÷चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शो’ कमा डुबेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *