जाडो विदा मनाउन घर हिंडेका बाबुछोरीकै विमान दु’ र्घटनामा मृ’ त्यु, कोरियाबाट फर्केपछि…

ByRocket Reporter

१ माघ २०७९, आईतवार १५:३१ १ माघ २०७९, आईतवार १५:३१ १ माघ २०७९, आईतवार १५:३१

पोखरामा भएका विमान दु’ र्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुश्माका बाबुछोरी नै छन् ।दु’ र्घटनामा कुश्मा नगरपालिका- ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेलको मृ’ त्यु भएको छ ।काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जन्मघर

पर्वत आउने क्रममा उनीहरू दु’ र्घटनामा परेका हुन् ।‘छोरीको स्कूल बिदा पनि भएकाले दाजुभाइ भेटौं भनेर जन्मघर आउन लाग्नुभएको रहेछ’, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने, ‘उहाँहरूलाई लिन भाइ (अरुणका भाइ केशव) विमानस्थलमै पुग्नुभएको थियो ।’केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गरेका थिए ।

मृ’ तक पौडेल ९ वर्ष कोरियामा बसेर फर्केका थिए । अधिकारीका अनुसार कोरियाबाट फर्केपछि पौडेल ३ छोरी र श्रीमतीसँग काठमाडौंमा बस्दै आएका थिए ।कोरियाबाट फर्किएपछि समाजसेवामा लागेका उनी गत मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

यो पनि – काठमाडौंबाट प्रेमविवाह गरेर पर्वत आएकी रचनाले सोचेकी पनि थिइनन् होला, काखमा भएको १० महिने छोराले आफ्नो बाबु अब भेट्न पाउने छैन । अनि आफूले चाहिँ आफ्नो खसम ।विवाह गरेको तीन वर्षपछि रचनाले छोरा रिहानलाई जन्म दिएकी थिइन् ।

भूगोलले झण्डै २७० किलोमिटरको यात्रा तय गरेर जीवनको यात्रामा जीवनसाथी प्रदीप पौडेललाई साथ दिन उनले प्रेमका खातिर काठमाडौं छाडेर पर्वत आएकी थिइन् ।पर्वतको कुश्मा नगरपालिका १ पाङ गाउँ । सदरमुकाम कुश्मा नजिकैको यो गाउँलाई उनले कर्मथलो मानेर जीवनका यात्रा अगाडि बढाउन आइन् ।

उनीहरुकै प्रेमको निसानी थिए, छोरा रिहान ।दाम्पत्य जीवन निरन्तर अगाडि बढेकै थियो । श्रीमान् प्रदीप पौडेल बागलुङको बडिगाड गाउँपालिकामा अमिन काम गर्ने भए । त्यसपछि रचना पनि छोरालाई लिएर बागलुङ बस्न थालिन् ।माइतमा पनि उनी आउजाउ गरिरहन्थिन् ।

बच्चा जन्मिएपछि उनी अघिल्लो महिनामात्रै माइत गएकी थिइन् । माइतको बसाइँ सकेपछि आज नै घर फर्किनको लागि उनको टिकट थियो । यती एयरलाइन्सको विमानको टिकट लिएकी उनले काठमाडौं विमानस्थलबाट त उडान भरिन् । तर, उनी सवार विमान अवतरण भएन, क्र्यास भयो ।

उक्त क्र्यासमा प्रदीपले श्रीमती गुमाए, अनि आमाकै काखमा रहेका १० महिने रिहानले नचिन्दै संसार छाडे ।हृदयविदारक त्यो दु’ र्घटनामा सवार ७२ यात्रुमध्ये रिहानको नाम भने थिएन । आमाको काखलाई संसार मान्ने रिहानको नाम केही महिनाअघि गरिएको जन्मदर्तामा मात्र सीमित छ ।

तर, उनको जन्मदर्ता अब प्रयोगमा आउने छैन । त्यो जन्मदर्तामा हस्ताक्षर गरेर आफ्नो सन्तान प्रमाणित गरेकी रचना पनि छोरासँगै अस्ताएकी छन् ।माघे सक्रान्ति चाडको रमझम चलिरहेको बिहान पोखरामा एउटा सनसनी मच्चियो । विमान दुर्घटनाग्र’ स्त भएको खबर आगोसरी फैलियो ।

कतिपयले त्यो खबर अपुष्ट होस् भन्ने कामना गरे । तर, घटनास्थलले त्यो सनसनी खबरलाई पुष्टि गर्यो । आगोसरी फैलिएको सूचना सत्य थियो ।पोखरा ७ र १५ को बीचमा सीताराम प्लटिङ नजिकै एउटा सेती खोँच छ । माथिबाट हेर्दा झ्याप्प त्यो खोँचमा कसैले केही देख्न सक्दैन ।

अक्करे भीरसहितको त्यो खोँचमा जान बाबियो र बुट्यानको सहारा लिएर जानुपर्छ ।बस्ती नजिकैको त्यही अक्करे भीरमा छरपरस्ट थियो, यति एयरलाइन्सको एटीआर ७२–५०० विमानको भीमकाय संरचना । पारिपट्टि विमानको पछाडिको भागको केही अंश थिए भने, सीताराम प्लटिङ क्षेत्रमा विमानको अगाडिका हिस्सा थिए । बाँकी संरचना त्यही ड’ रलाग्दो खोँचमा ।

विमानबाट आगो र धुवाँ निरन्तर आइरह्यो । त्यो धुवाँले एउटा दु’ र्गन्ध पनि बोकेर ल्यायो । विमानभित्रका चार चालकदल सदस्य र ६८ यात्रुको शवको गन्ध त्यो धुवाँमा थियो ।यती एयरलाइन्सको दु’ र्घटित विमानबाट आइरहेको त्यो धुवाँमा १० महिने रिहानको शरीरको अंश पनि मिसिएको थियो ।

का’ रुणिक त्यो दृश्य त्यहाँमात्र सीमित रहेन, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसम्म नै रह्यो ।त्यही भिडमा प्रदीप थिए । उनले खोजिरहेका थिए, ‘आफ्नी जीवनसंगीनी रचना र प्रेमको निसानी रिहान ।’प्रहरीको सुरक्षाका बीच पालैपालो एम्बुलेन्सले साइरन बजाएर क्षतविक्षत श’ वहरु बोकेर आयो ।

हरेकपटक एम्बुलेन्स आउँदा हृदयांश गुमाएका आफन्तहरु आफ्नै मान्छे लिएर आएकी भनेर भिजेका आँखा उघार्थे ।त्यही एम्बुलेन्सको एउटा साइरनले प्रदीपको श्रीमती र छोरा लिएर आयो ।जलेको श’ व हेरेर आफन्त छुट्याउन गाह्रो पथ्र्यो । प्रदीप पनि आफ्नो नाम टिपाएर भित्र गए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पो’ ष्टमा’ र्टम भवनभित्र रहेका श’ वहरुको लस्कर हेरेर तत्कालै श’ व छुट्याउन सकिने अवस्था थिएन । एकएक श’ व हेर्दै गएपछि प्रदीपले चिने, प्रेमका खातिर उनलाई साथ दिन आएकी रचना, अनि छोरा रिहानलाई ।प्रदीपसँगै रहेका दिवाकर पौडेलले भने, “बुहारीलाई चाहिँ दाँत देखेर पहिचान भयो । छोरालाई उसले (प्रदीप) सहजै चिन्यो ।”

प्रदीपले चिनेमात्र । बोलाएर उनीहरु अब बोल्दैनन्, छोराको तोतेबोली सुन्ने उनको पनि इच्छा हुँदो हो । श्रीमतीसँग घरायसी जीवनदेखि दाम्पत्य जीवनको बारेमा घरसल्लाह गर्नु थियो होला । तर, उनले श्रीमतीको आवाज अब सुन्न पाउने छैनन, न छोराको ।

पो’ ष्टमा’ र्टम भवनभित्र उनलाई सनाखत गर्ने व्यक्तिको हस्ताक्षर गर्न लगाइयो । दुई ठाउँमा हस्ताक्षर गरेका उनले लेखे, ‘श्रीमान्’ र ‘बाबु’ ।जसरी रिहानको जन्मदर्तामा अनि रचनाको विवाहदर्तामा उनले हस्ताक्षर गरेका थिए, त्यो हस्ताक्षरको सम्बन्धमा भावना जोडिएको थियो । तर, आइतबारको सनाखतको हस्ताक्षरले एउटा जीवन उजाडेको छ ।

७२ वटा श’ वहरुको सनाखत, पहिचान भए परिवारलाई बुझाउने र पहिचान नभए डी’ एन’ ए परीक्षणका लागि काठमाडौं लैजाने कास्की प्रशासनको सूचनापछि उनी सोमबार परिवारको श’ व बुझ्नेगरी अस्पतालबाट बाहिरिए ।अश्रुपूर्ण अस्पतालबाट आँसु लिएर निस्कनुबाहेक उनीसँग विकल्प पनि अब रहेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *