विमान दुर्घटनाका मृतकको शव भोलि परिवारलाई बुझाइने

ByRocket Reporter

१ माघ २०७९, आईतवार १२:१५ १ माघ २०७९, आईतवार १२:१५ १ माघ २०७९, आईतवार १२:१५

पोखरामा यती एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका र संकलन भएका सबै शव भोलि मात्र परिवारलाई बुझाइने भएको छ। फेला परेका सबै शवहरू आज स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको हो।

पहिचान भएका शव भोलि आफन्तलाई जिम्मा लगाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए।

शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ। त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए।

चालक दलका ४ सदस्य र ६८ यात्रु गरी ७२ जना सवार विमान आइतबार बिहान पोखरामा दुर्घटना भएको थियो। दुर्घटनामा मृत्यु भएकामध्ये ६८ जनाको शव फेला परिसकेको छ भने ४ जनाको अवस्था अझै अज्ञात छ। उनीहरूको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीले गोताखोर खटाएको छ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *