पोखरामा यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेकाहरूमध्ये ६८ जनाको शव भेटिएको छ। ४ जनाको अवस्था भने अझै अज्ञात छ। उनीरूको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ।
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोर टोली परिचालन गरिएको हो।
सशस्त्रका १५ जनाको टोलीले बाँकी ४ जनाको खोजी गरिरहेको छ।
काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा चालक दलका ४ जनासहित ७२ सवार जना थिए। आज बिहान १०ः५० मा जहाज सेती खोँचमा खसेको थियो।
(Source: Pardafas)