नेपालमा पहिलोपटक एटीआर जहाज दुर्घटना – Pardafas.com

ByRocket Reporter

१ माघ २०७९, आईतवार १०:४० १ माघ २०७९, आईतवार १०:४० १ माघ २०७९, आईतवार १०:४०

नेपालमा सबैभन्दा सुरक्षित मानिने एटीआर जहाज पहिलोपटक दुर्घटनामा परेको छ। आइतबार बिहान पोखरामा यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनामा परेको हो।

नेपालमा बुद्ध एयरसँग सबभन्दा धेरै १४ वटा र यति एयरलाइन्ससँग ६ वटा एटीआर जहाज छन्। आइतबार दुर्घटनामा परेको विमान एटीआर ७२–५०० विमान थियो।

आन्तरिक उडानतर्फ हालसम्म भएका दुर्घटनामध्ये यस विमान दुर्घटनामा सबैभन्दा धेरैको मृत्युसमेत भएको छ। नेपाली सेनाका अनुसार विमानमा सवार ७२ मध्ये अहिलेसम्म ६२ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ३६ जनाको शव निकालिसकिएको छ र अरूको उद्धार चलिरहेको छ। मृतकमध्ये ५ जनाको सनाखत पनि भएको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबारको घटनाअघि नै नेपालको आन्तरिक उडानमा भएका दुर्घटनामा ३६३ जना यात्रुको जहाज दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनाग्रस्त विमानमा सवार १३९ जना यात्रुको भने जीवितै उद्धार भएको अभिलेख छ।

आइतबारको दुर्घटनाअघि सबभन्दा धेरै यात्रुको मृत्यु सन् २००० मा भएको जहाज दुर्घटनामा भएको थियो। डडेल्धुराको जोबुढामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो। यो पटक भने त्योभन्दा बढी मानवीय क्षति भएको छ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *