मात्र १० सेकेन्ड अगाडी दुर्घटना नभएको भए सबैको ज्यान बच्न सक्थ्यो

ByRocket Reporter

१ माघ २०७९, आईतवार ०७:३६ १ माघ २०७९, आईतवार ०७:३६ १ माघ २०७९, आईतवार ०७:३६

अन्तिम १० सेकेन्ड मात्र जोगाउन नसक्दा काठमाडौंबाट पोखरा आउँदै गरेको जहाज दु’ र्घटनामा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार आइतबार यो जहाज पश्चिमतिरबाट अवतरण गर्दैगर्दा दु’ र्घटनामा परेको हो।

एकजना एयर ट्राफिक कन्ट्रोलरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्व–पश्चिम फर्केको छ। रनवे ३–० पूर्व र रनवे–१–२ पश्चिम धावनमार्ग हो। सुरुमा पूर्वतिर (रनवे ३–०) बाट अवतरण गर्ने भनेर अनुमति मागेको जहाज पछि पश्चिम (रनवे–१–२) तिरबाट अवतरण गर्ने भनेर घुमेको थियो।

‘३–० रनवे बाट अवतरण गर्ने भनेको जहाज पछि १–२ बाट अवतरण गर्ने भनेर घुमेको थियो। पुरानै विमानस्थलको माथिको आकाशबाट घुमेर जाने क्रममा दु’ र्घटनामा परेको हो,’ ती कन्ट्रोलरले भने, ‘१० सेकेन्डमा जहाज धावनमार्ग आइपुग्थ्यो। तर, त्यही बीचमा दु’ र्घटनामा परेको हो।

कारण अझै खुलेको छैन।’ पोखरामा भएको यति एयरलाइन्सको जहाज दु’ र्घटनामा पर्नेमा एकजना लोक गायिकासमेत रहेकी छिन् ।दु’ र्घटनामा पर्नेमा लोकगायिका निरा छन्त्याल रहेकी छिन् ।उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन् ।

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परी हालसम्म ३६ जनाको मृ’ त्यु भएको पुष्टि भएको छ । सेती नदीको खोचबाट श’ व निकाल्ने क्रम चलिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।केसीका अनुसार श’ वलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

मृ’ तकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए ।आइतबार बिहान म घरमा नै बसिरहेको थिएँ। एक्कासी घर नजिकै धुवाँको मुस्लो देखियो। के भएको रहेछ भनेर म घरको छतमा गएँ।

छिमेकी दाइभाउजु भने जहाज दु’ र्घटना भएको भनेर कराउँदै थिए। उनीहरूले जहाज दु’ र्घटना हुनु भन्दा अघि जहाज आकाशमा घुमिरहेको देखेका रहेछन्।मेरो घरबाट ५ मिनेटको दूरीमा दु’ र्घटना स्थल पर्छ। हामी पुग्दा स्थानीयले जहाजमा पानी हाल्दै थिए।

जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही श’ वहरू उछिट्टिएको अवस्थामा हामीले देख्यौं। केहीबेरमा सेना, प्रहरी, दमकल आएर उद्धार गर्न थाले। मैले देखेअनुसार जहाजमा रहेकाहरू बाँच्ने सम्भावना ज्यादै न्यून छ किनभने जहाजमा ठूलो आगो लागेको छ।

जहाज ल्याण्ड गर्ने क्रममा दु’ र्घटना हुन पुगेको देखिन्छ। जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ। दु’ र्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन चालकले दु’ र्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ।

बस्तीमा जहाज खसेको भए झन् ठूलो धनजनको क्षति हुने थियो। अहिले १२ बजेसम्म पनि उद्धार कार्य जारी छ। प्रहरी र सेनाले डढेका श’ व निकाल्दै छन्। त्यस्तै काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दु’ र्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान दु’ र्घटनाहुनु अघि देखेका अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो ।‘खस्ने बेलमा विमान पुरै उल्टै भयो, एकैचोटी भुईंमा झर्‍यो,’ उनले भने,’ठूलो आवाज आयो ।’दु’ र्घटनाका भएको १२ मिनेटपछि दमकल आएको उनले बताए ।

‘घटना ठ्याक्कै १०:५१ मा भएको हो । त्यही बेलामा मेरो कल आएको थियो,’ उनले भने । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको विमान सेती नदी खौंचमा दु’र्घटा भएको हो । अहिले पनि उद्धारको काम चलिरहेको छ ।जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ ।

जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो ।

यसैबीच पोखरामा यति एयरलाइन्सको विमान दु’ र्घटना भएपछि गृहमन्त्री रवि लामिछानेले उद्धारमा खटिन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दु’ र्घटना

भएपछि उहाँले उद्धारमा खटिन निर्देशन डेका हुन् । गृहमन्त्री लामिछानेले दु’ र्घटना प्रति दुःख व्यक्त गरेका छन् । गृहमन्त्री लामिछाने अहिले केहीबेरमा पोखरा जादैछन ।पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन‍्।

उक्त जहाजमा सवारको नाम यस प्रकार रहेको छ -किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्ण बहादुर गुरुङ, जितेन्द्र बहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ,

माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सन्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीता कुमारी खड्का, अनिल कुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओम माया गुरुङ, सुस्मा पाण्डे, हरि परियार,

कृष परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, आयुर्दि शर्मा, बेबि शर्मा, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ,

डा। शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा, लवराज तिमिल्सिना, मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन,एलेक्जेण्डर आइरिडोरे,

Leave a Reply

Your email address will not be published. Required fields are marked *