३२ जनाको शव निकालियो – Pardafas.com

ByRocket Reporter

१ माघ २०७९, आईतवार ०६:४९ १ माघ २०७९, आईतवार ०६:४९ १ माघ २०७९, आईतवार ०६:४९

पोखरामा भएको विमन दुर्घटनामा हालसम्म ३२ जानको शव फेला परेको छ।

काठमाडौंबाट पोखरा उडेको वाइटी ६९१ कल साइनको यती एअरलाइन्सको जहाज धावनमार्ग छुनुअगाडि नै दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ । जहाज अवतरणका क्रममा आगलागी भएको हो ।

ठूलो हताहतीको आशंका गरिएको दुर्घटनामा अहिलेसम्म ३२ जनाको शव भेटिएको हो। उद्धार कार्य अझै जारी छ। अहिले सशस्त्र प्रहरीको कालिका गण, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरिरहेको छ।

६८ यात्रु र पाइलट, परिचारिकासहित कुल ७२ जना सवार उक्त जहाज बिहान १०ः३२ पोखरा उत्रनुअघि नै दुर्घटना भएको हा। सेती किनार विमानस्थलतर्फको पाखामा जहाज आगलागी भएको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

उक्त जहाजका क्याप्टेनहरू कमला केसी र ए खतिवडा हुन् भने एयर होस्टेसहरू के.राना र एस.आर. ठकुरी थिए।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *