महिलातर्फ समूह विजेता बन्दै आर्मी सेमिफाइनलमा – Pardafas.com

ByRocket Reporter

२९ पुष २०७९, शुक्रबार ११:२० २९ पुष २०७९, शुक्रबार ११:२० २९ पुष २०७९, शुक्रबार ११:२०

सातौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको खेलमा आर्मीले समूहको अन्तिम खेलमा एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। यस खेलसँगै उक्त च्याम्पियनसिपअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ।

खेलमा पहिलो सेट आर्मीले २५–२० ले जितेको थियो। तर, दोस्रो र तेस्रो सेट एपीएफले क्रमशः २५–१९ र २५–१३ ले जितेको थियो। तर, आर्मीले चौथो र पाँचौं सेटमा क्रमशः २५–२२ र १५–५ को जित निकाल्दै आर्मी समूह विजेता बन्यो भने एपीएफ उपविजेता बन्यो।

अब सेमिफाइनलमा आर्मीले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको सामना गर्नेछ। त्यस्तै अर्को सेमिफाइनल खेलमा एपीएफ र नेपाल पुलिस क्लब भिड्नेछन्। दुवै सेमिफाइनल खेल शनिबार हुनेछन्। च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *