घोराही । दाङमा ह’ नि ट्रयापमा पारेर करोडाै रुपैया बार्गेनिङ गर्ने मुख्य योजनाकार अनुष्का सिंह पुर्पक्षका लागि कारागार चलान भएकि छिन । आज भएको थुन छेक बहसमा दाङ जिल्ला अदालतले गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकि ३५ बर्षिय अनुष्का सिंह भनेर चिनिने

कृष्णि गहतराजले मुख्य योजना बनाई ह’ नि ट्रयापमा पारेर फसाउन खोजेको भन्दै उनलाई कारागार चलान गर्न आदेश दिएको हो ।जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले दुई वटा नागरिकता भएकि सिंहलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ ।

प्रहरीले एक पुरुष र २ जना महिलासहित ३ जनालाई पक्राउ गरेर मुद्धा चलाएको थियो । अर्कि एक जना महिला भने १ लाख धरौटि रकम तिर्न नसकेर कारागार चलान भएकि हुन भने जाहेरवाला सरकारी कागज किर्ते मुद्धामा पुरुष साधारण तारिखमा रिहा भएका छन ।

ह’ नि ट्रयापमा पैसा असुल्न खोज्ने आ’ पराधिक लाभ मुद्धामा घोराही १० नारायणपुरका २७ बर्षिय रुद्रबहादुर केसि, तुलसीपुर १८ ग्वारखोलाकि ३६ बर्षिय कृष्णिकुमारी बस्नेत जनही १ लाख धरौटीमा छुटेका छन । जाहेरवाला सरकारि किर्ते कागज लिखतमा मुद्धा चलाईएका प्रेमबहादुर खड्का साधारण तारीखमा रिहा भएका छन ।

व्ल्या’ कमेलिङ गर्दै मोटाे रकम नदिए ब’ लात्का’ र मुद्भा हाल्ने भनेर ती महिलाहरुले ध’ म्कि दिदै आएका थिए । ती पीडित ब्यबसायीले आफुलाई यौ’ न सम्बन्धको प्रस्ताब राख्दै व्ल्या’ कमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी पछि प्रहरीले घोराहीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

मुख्य योजनाकार भनीएकि अनुष्काले दुई वटा नागरिकता र स्कुटिको लाईसेन्स बनाउन जाहेरवाला प्रेमले सहयोग गरेको भन्दै दुबै विरुद्ध सरकारी कागजात किर्तेमा पनि मुद्धा प्रहरीले चलाएको थियो ।उनिहरु बिचको मोबाईल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा

५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा उनिहरुलाई प्रहरीले समातेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *