अस्पतालले पठायो पीडित भनिएकी किशोरी ना’ बालिग नभएको जन्म मिति – Saja Khabar

ByRocket Reporter

२५ पुष २०७९, सोमबार १५:१८ २५ पुष २०७९, सोमबार १५:१८ २५ पुष २०७९, सोमबार १५:१८

सन्दीप लामिछानेबाट ज’ बरज’ स्तीक’ रणीमा परेको भनिएकी किशोरी ना’ बालिग नभएको प्रमाण अस्पतालले दिएको छ। वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण जिल्ला अदालत काठमाडौंमा पठाएको हो।

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ जेठ १८ कि २०६२ जेठ १८ भन्ने विवाद अदालतसम्म पुगेको छ। यसअघि अदालतमा सन्दीपकै वकिलले किशोरी ना’ बालिग नभएको दाबी गर्दै उनी उनी जन्मिएको अस्पतालबाट प्रमाण झिकाउन माग गरेका थिए।

पुस १२ गते जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले पीडित भनिएकी किशोरीको जन्मबारे सम्बन्धित अस्पतालबाट कागजात मगाउन आदेश दिएको थियो। अदालतले यसअघि घटनासँग जोडिएका व्यक्तिको बकपत्र गराइसकेको छ। किशोरी ना’ बालिग भएको

अवस्थामा सहमतीमै क’ रणी भएको भएपनि ज’ बरजस्ती क’ रणी मानिने भएकाले सन्दीप पक्षले सुरुदेखि नै किशोरीको उमेरलाई प्रमुख मुद्दा बनाउँदै आएका छन्। यसअघि वडा कार्यालय र विद्यालयबाट पनि दुई थरी प्रमाण अदालतमा पुगेका छन् ।किशोरी पक्षले

ना’ बालिग भएको प्रमाण बुझाएको छ। सन्दीप पक्षले ना’ बालिग नरहेको प्रमाण पेश गरेका छन्। अस्पतालको प्रमाणसँगै किशोरी ना’ बालिग नभएको बलियो प्रमाण भएको छ। तर यसका बाबजुद पनि ब’ लात्का’ र गरेको ठहरिएमा भने सन्दीपलाई १० वर्षसम्म कैद सजाय हुन सक्नेछ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि सन्दीप लामिछानेले उच्च अदालतमा निवेदन दिएका छन् । निवेदनमाथि आगामी बिहीबार उच्च अदालतमा सुनुवाइ हुने सम्भावना छ। यसअघि पटक पटक पेशी तोकिएको भए पनि सर्दै आएको छ।

यो पनि – गायिका समीक्षा अधिकारीले आफूलाई आफ्नो बारेमा कुरा काट्नेहरूलाई तल्लो स्तरका मानिसको संज्ञा दिएकी छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले आफ्नो असन्तुष्टी व्यक्त गरेकी हुन्।

मानिस तीन किसिमका हुने भन्दै समीक्षाले लेखेकी छन्, ‘उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ, व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ। मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो। अनि जो व्यक्तिको बारेमा कुरा गर्छ‚ अरुको कुरा काट्छ‚ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ।’

छोरी मान्छेले सानो उमेरमा राम्रो नराम्रो छुट्याउन नजान्ने र मान्छेका जालझेल नबुझ्ने कुरा उनले स्टाटसमा उल्लेख गरेकी छन्। ‘सानो उमेरमा छोरी मान्छे बहकिन्छन्। भविष्यको बारेमा निर्णय गर्न जान्दैनन्। देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरूलाई थाहा हुँदैन‚’

उनले लेखेकी छन्, ‘सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ।’ आफू गायिका बन्नकै लागि जन्मेको भन्दै स्वरले साथ दिँदासम्म गाइरहने जिकिर उनले गरेकी छन्। उनले लेखेकी छन्, ‘कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु।’

आफूलाई अपशब्द प्रयोग गर्नेहरूप्रति आक्रोश व्यक्त गर्दै कसैलाई पनि अपशब्द प्रयोग गरेर गाली गलौज गर्ने अधिकार नरहेको जनाएकी छन्। साथै नबोली बस्दा धेरैले हेपेको भन्दै अबका दिनबाट चुप नलाग्ने संकेत पनि उनले गरेकी छन्। ​यस्तो छ उनको स्टाटस – एउटा ठुलै विद्वानले भनेका रैछन् मान्छे तिन किसीमका हुन्छन् ।

उच्च स्तरको त्यो हो जसले बिचार र सिद्धान्तका कुरा गर्छ ब्यक्तिको होइन ब्यक्तित्वको कुरा गर्छ । मध्यम स्तरका ति हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटीया हुन्छ ।

यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने । यहाँ अरुको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन् । सानो उमेरमा छोरी मान्छे बहकिन्छन्, राम्रो नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् ।

देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरुलाइ थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ । म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गित नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।

कसैलाई मेरो गीत सुन्नु छैन भने नसून र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?हुन त हिउँदका कठ्याङ्ग्रिदा दिनमा घसौटा बटुलेर आगो ताप्नुपर्दो रहेछ । एउटी दीदीले भन्नुहुन्थ्यो, जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मनलागी उड्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *