के तपाई अष्ट्रेलिया जादै हुनुहुन्छ ? यी सामान भुलेर पनि नालानुहोस, साँढे २ करोड जरिवाना हुनसक्छ

ByRocket Reporter

२५ पुष २०७९, सोमबार ०२:५९ २५ पुष २०७९, सोमबार ०२:५९ २५ पुष २०७९, सोमबार ०२:५९

अष्ट्रेलियामा बिना जानाकारि खानेकुरा,बनस्पतिजन्य पदार्थ, मासु र फलफूल ल्याउँदा ६६ हजार ४ सय डलर अर्थात साँढे २ करोड नेपाली रुपैया जरिवाना तिर्नुपर्ने भएको छ । केही समयअघि अष्ट्रेलियाको संसदमार्फत संशोधित वायो सेक्युरिटी एक्ट जनवरी १ बाट लागू भएसँगै यस्तो कडाई सुरु भएको हो ।

अष्ट्रेलिया सरकारबाट संशोधित वायो सेक्युरिटी सम्बन्धी नियम उल्लंघन भएमा परिणाम र अवस्था हरेर ठाउँको ठाउँ ४ हजार ४ सय ४० देखी अधिकतम ६६ हजार ४ सय डलरसम्म विमानस्थल वायोसेक्युरिटी जाँचकीहरुले गर्नसक्नेछन् । यदी तपाईले प्यासेन्जर कार्डमा आफ्नो लगेजमा झुक्किएर वा जानाजान

कुनै त्यस्ता प्रतिबन्धित बस्तुहरु आएको हुनसक्ने भन्दै स्किारोक्ति गर्नुपभएको अवस्थामा यस्ता वस्तु भेटिएमा भने तपाईको सामान मात्रै जफत हुनेछ, जरिवाना तिर्नुपर्ने छैन । अष्ट्रेलियामा क्रियाशिल कानुन व्यवसायीहरुले सकभर प्रतिबन्धित खानेकुरा, बन स्पतिजन्य पदार्थ, मासु र फलफूल ल्याएर झमेलामा फस्ने काम नगर्न सुझाब दिनुभएको छ ।

आखिर अष्ट्रेलियामा किन यस्ता सामानमाथी कडाईका साथ प्रतिबन्ध गरिन्छ ? अष्ट्रेलियाले उत्पादनमुखी अर्थतन्त्र विकास गर्ने उद्देश्यसहित कृषि क्षेत्रमा ठूलो लगानी गरेको छ । वर्षेनी ७० बिलियन डलर बराबरको खाद्यान्न र फलफूल त अष्ट्रेलियाले निर्यात गरिरहेको छ । यो परिमाण वर्षेनी बढ्दो छ ।

कृषि क्षेत्रमा मात्रै १६ लाख कामदार प्रत्यक्ष रुपमा कार्यरत छन् । कृषी क्षेत्र र उत्पादनलाई सुरक्षित गर्न बाहिरबाट ल्याउने खाद्यवस्तु र सरसामानबाट रोगब्याधी नभित्रिओस भन्ने मुख्य उद्देश्यले खाद्य सुरक्षा प्रत्याभुती गराउन यस्तो कडाई गरिएको सरकारी पक्षको दाबी रहेको छ ।

यो पनि – डिसेम्बरमा लगातार नवौं मासिक गिरावटसँगै विश्व खाद्यान्नको मूल्य सहज भएको तर सन् २०२१ को तुलनामा सन् २०२२ मा १४ प्रतिशतभन्दा बढि बढेको संयुक्त राष्ट्र खाद्य निकायले जनाएको छ। विश्वव्यापी रूपमा सबैभन्दा बढी व्यापार हुने खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यहरू ट्र्याक गर्ने खाद्य र कृषि संगठन ९एफएओ० को

खाद्य मूल्य सूचकांक नोभेम्बरको संशोधित १३५ अंकको तुलनामा गत महिना औसत १३२ दशमलब ४ अंक थियो। नोभेम्बरको आंकडा पहिले १३५ दशमलब ७ अंकको रूपमा दिइएको थियो। डिसेम्बरमा सूचकाङ्कमा आएको गिरावट खाने तेलको अन्तर्राष्ट्रिय मूल्य, अनाज र मासुको मूल्यमा

केही गिरावटसँगै उत्प्रेरित भएको तर चिनी र दुग्ध उत्पादनमा केही वृद्धिले न्युन भएको भएको एफएओले भनेको छ। सन् २०२२ मा खाद्यान्न आयात लागतले विकासन्मुख देशहरूलाई ढुवानी मात्रामा कटौती गर्ने एफएओले गत वर्ष भनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *