आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य – Saja Khabar

ByRocket Reporter

२४ पुष २०७९, आईतवार १५:४२ २४ पुष २०७९, आईतवार १५:४२ २४ पुष २०७९, आईतवार १५:४२

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ। यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ३० रुपैयाँले घटाएको छ।

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत् राखेको छ। खाना पकाउने ग्यासको मूल्य यसअघि जस्तै प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ कायम रहेको निगमले जनाएको छ। मूल्य घटेपछि पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ यस्तै , डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ,

हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १७० रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य १.४२० अमेरिकी डलर प्रतिलिटर कायम भएको निगमले जनाएको छ। आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले लामो समयदेखि सञ्चित नोक्सानीमा सञ्चालित हुँदै आएको जिकिर गरेको छ।

इन्डियन आयल कर्पोरेशनबाट १ जनवरी २०२३ (१७ पुस २०७९)मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर २.५४, डिजेलमा २.९५, हवाई इन्धनमा ४.१३ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ रुपैयाँले बढेर आएको पनि निगमले जनाएको छ।

तर, जनवरी १ देखि १५ सम्मको अनुमानित नाफाको अवस्थालाई मध्यनगर गर्दै मूल्य घटाइएको निगमले दाबी गरेको छ। निगमले अझै पनि नेपाल सरकारको ऋण र इन्डियन आयल कर्पोरेशनमा तिर्नुपर्ने नियमित तथा बक्यौता भुक्तानी गरी करिब १८ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको पनि बताएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा समेत कच्चा तेलको मूल्य घटेको र इन्डियन आयल कर्पोरेशनबाट समेत मूल्य घटेर आउँदा पनि निगमले इन्धनको मूल्य नघटाएको भन्दै विरोध हुँदै आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समेत केही दिन अगाडि इन्धनको मूल्य घटाउन भन्दै निर्देशन दिएका थिए।

यो पनि – पालुन खोला हाईड्रोपावर कम्पनीले आईपिओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९ लाख कित्ता शेयर निष्काशन गर्ने लागेको हो । पालुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *