नराम्रो कमेन्ट गर्नेहरूलाई कानुनि रुपमा ठेगान लगाउने समीक्षा अधिकारीको चेतावनी

ByRocket Reporter

२४ पुष २०७९, आईतवार १५:०६ २४ पुष २०७९, आईतवार १५:०६ २४ पुष २०७९, आईतवार १५:०६

पछिल्लो समय नकारात्मक कमेन्टको सामना गरिरहेकी उनले भर्खरै एउटा पोस्ट गरेकी छिन् । आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै गायिका समीक्षा अधिकारीले आफूलाई आउने नकारात्मक कमेन्टले कुनै असर नपार्ने बताएकी छन् ।

उनले नकारात्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो रहेको भन्दै त्यसतर्फ उजुरी गर्न सक्ने संकेत देखाएकी छन् ।उनले लेखेकी छिन्- मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् ।

आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।उनको यो पोस्टमा पनि सकरात्मक भन्दा बढी नकरात्मक कमेन्टहरू देख्न सकिन्छ । बढी नकरात्मक कमेन्ट आउन थालेपछि उनी केही समय सामाजिक सञ्जालबाट टाढा भएकी थिइन् ।

गायिका अधिकारीले हिम्मत जुटाएर पुन: आफ्नो क्षेत्रमा फर्केको भन्दै उनको चर्चा परिचर्चा गर्नेहरूको पनि बाहुल्यता रहेको देखिन्छ ।केहि समय पहिले गायिका समिक्षा अधिकारिले दर्शकले नराम्रो कमेन्ट गरेर आफ्नो मनोबल घटेको बताएकि थिईन । उनलाई सामाजिक संजालमा दर्शकले तथानाम गाली गर्ने गरेका छन।

उनले आफू लाई तथानाम गाली नगर्दिन आग्रह गर्दै मनोबल घटेको बताएकि थिईन। जता ततैबाट गालीको ओईरो लागेपछि रुदै उनले सबैमा आग्रह गर्दै राम्रो कमेन्ट मात्र गर्दिन आग्रह गरेकी थिईन ।उनले एक कार्यक्रममा रुदै आफनो पुरै मनोबल घटेको बताईन ।

राम्रो भन्दा केही गर्ने मनोबल आउँथ्यो तर म बाच्नै नसक्ने भैइसकेको छु । सामाजिक संजाल खोल्न बितिकै गालीको ओईरो देख्छु यस्तो नगर्दिनुस भन्दै उनले किही समय पहिले रुदै भनेकी थिईन । गायिका समीक्षा अधि का री बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् ।

यो पनि – नायिका प्रियंका कार्कीले आफूलाई ‘अन्तरराष्ट्रिय भूत’ भनिन् । अर्थात, उनले भूतको भूमिकामा एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । उनले, केही बर्ष पहिले भूतकै भूमिकामा काम गरेको फिल्म थियो ‘माला’ ।

यो फिल्मले समीक्षागत रुपमा राम्रो प्रतिक्रिया पाएको थियो । तर, बक्स अफिसमा फिल्मले पानी भन्न पाएन । अर्थात, त्यो समयमा पनि प्रियंकालाई दर्शकले भूत बनेको पत्याएनन् ।उनै, प्रियंकाको नयाँ फिल्म ‘चि मुसी चि’ शुक्रबारदेखि हलमा लागेको थियो ।

फिल्मको प्रचारका लागि प्रियंका खुलेरै लागेकी थिइन् । तर, यो फिल्ममा पनि दर्शकले उनलाई पत्याएनन् ।यो फिल्मको तीन दिने व्यापार हेर्ने हो भने कमजोर छ । समीक्षागत रुपमा राम्रै प्रतिक्रिया पाएको फिल्म हेर्न हलसम्म जाने चेष्टा निक्कै कम दर्शकले गरेका छन् ।

प्रियंकाले आफूलाई ‘अन्तरराष्ट्रिय भूत’ भनेपनि उनलाई दर्शकले पनि यो अवतारमा रुचाएका छैनन् । आमा बनेपछि फिल्म क्षेत्रमा व्यस्त बनिरहेकी प्रियंकाको यो बर्ष ‘लक्क जवान’ नामक फिल्म पनि चलेन । उनको अब आशा फागुण ५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘फूलबारी’माथि अडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *