पुलिस र आर्मी विजयी – Pardafas.com

ByRocket Reporter

२४ पुष २०७९, आईतवार ०८:०४ २४ पुष २०७९, आईतवार ०८:०४ २४ पुष २०७९, आईतवार ०८:०४

सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।

खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो २५–६ ले जित्यो । तेस्तै तेस्रो सेट पुलिस क्लब २५–८ ले विजयी भयो । यस जितसँगै पुलिसले प्रतियोगितामा तीन अंक जोडेको छ ।

यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लब कृष्ण माध्यमिक एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ । आर्मीले कृष्ण माध्यमिक एकेडेमीमाथि पहिलो सेट २५–३ ले पराजित गर्‍याे भने खेलको दोस्रो सेट २५–५ ले हरायो । त्यस्तै आर्मीले खेलको तेस्रो सेट २५–१० आफ्नो पक्षमा पार्दै आफ्नो टोलीको जित सुनिश्चित गर्‍याे ।

च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछ ।

 


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *