ओखलढुङ्गामा २२ वर्षअघि अलग भए श्रीमान, मृ’ त्युपछि उनै श्रीमतीले गरिन् का’ जकिरिया

ByRocket Reporter

२३ पुष २०७९, शनिबार १६:४२ २३ पुष २०७९, शनिबार १६:४२ २३ पुष २०७९, शनिबार १६:४२

ओखलढुङ्गा : नेपाली हिन्दु संस्कारअनुसार छोराले बुबाआमाको काजकिरिया गर्ने चलन छ ।पछिल्लो समय छोरीले पनि आफ्नो बुबाआमाको मृ’ त्युपश्चात काजकिरिया गर्न थालेको सुनिन्छ । तर, अलग भएकी श्रीमतीले आफ्नो श्रीमानको काजकिरिया गरेको घटना कमै सुनिन्छ ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका १२ की ५८ वर्षीया सुमित्रादेवी श्रेष्ठले आफ्ना श्रीमान तिलकबहादुर श्रेष्ठको का’ जकिरिया गरेकी छन् ।करीब २२ वर्ष पहिले दोस्रो विवाह गरी एक्लै बसेका श्रीमानको सुमित्रा आफैँले १३ दिने मृ’ त्यु संस्कार गरेकी हुन् ।मानेभञ्ज्याङ्ग गाउँपालिका–४ धुसिने बस्दै आएका

तिलक बहादुरको गत पुस ९ गते छिमेकीको घरमा मृ’ त्यु भएको थियो ।स्थानीयका अनुसार करिब दुई वर्ष पहिले सुमित्राको छोरा राजु श्रेष्ठको पनि २८ वर्षको उमेरमा नि’ धन भएको थियो । श्रीमानको का’ जकिरिया गर्ने छोरा समेत नभएकाले आफैले श्रीमानप्रतिको कर्तव्य पालन गरेको सुमित्राले बताइन् ।

यो पनि – भनिन्छ, ‘आर्थिक अवस्था नाजुक भएकाले म’ रेपछि पनि सुःख पाउँदैनन् ।’ कालिकोटमा ठ्याक्कै यस्तै घटना भएको छ । मृ’ तकको का’ जकिरिया गर्ने रकम अभावमा कालिकोटमा एक परिवारको बिजोग भएको छ । नेपाली समाजको निकै प्रचलित कथन छ,‘जसको केही छैन, त्यसलाई नै सबथोक आइपर्छ ।’

पुस १३ गते कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ का २५ वर्षीय राजेन्द्र विष्टको मृ’ त्यु भयो । पैसा कमाएर घरपरिवार पाल्छु भनी हिँडेका उनी वडा कार्यालयको बाटो खन्न गएका थिए । तर, घर फर्कने क्रममा भीरबाट ल’ डेर मृ’ त्यु भयो । दुई दिनसम्म श्रीमान घर नफर्किएपछि श्रीमती तिरिका विष्टले सबैतिर हारगुहार गरिन् ।

स्थानीयको सहयोगमा खोजी भयो तर, त्यस बेलासम्म उनी यो संसारबाट अस्ताइसकेका थिए ।आर्थिक अवस्था दयनीय उनको परिवारले अहिलेसम्म पनि का’ जकिरिया गर्न सकेको छैन । नि’ धन भएको १० दिन बितिसक्दा पनि मृ’ तकको परिवार कि’ रिया खर्चको जोहो गर्दैछ ।

आर्थिक रुपले विपन्न परिवारमा घरमूली नै अस्ताएपछि विष्टको परिवारमाथि बज्रपात भएको छ । उनको मृ’ त्युसँगै घरको दियो पनि निभेको छ । बिहान बेलुकाको छाक टार्न ज्यालामजदुरी गर्दै आएका विष्टको जग्गा जमिन केही थिएन । उनले काठ चिरानी गरेर पाँच जनाको भरणपोषण गर्दै आएका थिए ।

उनी बिलाएपछि श्रीमती र तीन स-साना बालबालिकाको बिचल्ली भएको छ । २१ वर्षीया श्रीमती तिरिका र ती कलिला बालबालिकाको अवस्था दयनीय बनेको छ । भर्खरको उमेरमा तीन छोरीछोरीको आमा बनेकी तिरिकाको २१ वर्षमै सिउँदो पनि पुछिएको छ ।

पति वियोगसँगै उनीमाथि ६ वर्षका छोरा, ४ वर्षकी छोरी र ३ महिने दूधे बालकलाई कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ । ससाना बालबच्चाको पालनपोषण र घरखर्चको चिन्ताले उनी थप तनावग्रस्त बनेकी छन् । अवोध बालबालिका भने आफ्ना बुबाको पर्खाइमा देखिन्छन् ।मृतक विष्टका तीन दाजुभाइ छन् ।

तर, सबैको अवस्था उस्तै छ । बाटो खनेर घर फर्किने क्रममा ल’ डेर बितेका विष्टको परिवारलाई वडा कार्यालयले समेत आर्थिक सहयोग नगरेको बताइन्छ । परिवारलाई भोलि भन्दै वडाले टारेको स्थानीय बताउँछन् । विभिन्न संघसंस्था र गाउँलेको सहयोगमा ४० हजार रुपैयाँ जम्मा भएको भतिजा द्वितिक विष्टले बताए । त्यही रकमले कि’ रिया गर्न लागिएको उनी सुनाउँछन् ।

‘बल्लतल्ल ४० हजार जति सहयोग जम्मा भएको छ । घरमा अन्नको गेडो छैन’, उनले भने,‘त्यो रकमले कि’ रिया त भइरहेको छ तर त्यसपछि परिवारको छाक कसरी टार्ने, हामी अलमलमा छौं ।’एक बित्तो जमिन नभएकाले परिवार पाल्न निकै गाह्रो भएको उनको भनाइ छ ।

‘अलिकति कतै जग्गा भएको भए पनि यति गाह्रो त हुँदैनथ्यो होला । तर, हामीसँग न जग्गा छ न कमाउने कुनै बाटो । दूधे बालक बोकेर फेरि कमाउन कहाँ जानु ?’, दुःखी हुँदै उनले सुनाए । वडाध्यक्ष नगेन्द्र विष्टले दुःखमा परेको परिवारलाई हालसम्म कुनै सहयोग नभएको स्वीकारेका छन् ।

वडा कार्यालयले तत्काल सहयोग गर्न नसक्ने उनको दाबी छ । भने, ‘भन्नेबित्तिकै वडाले सहयोग गर्न सक्दैन । हामीले पहिला यसबारे सरकारसमक्ष आग्रह गर्नुपर्ने हुन्छ । विस्तारै प्रक्रिया अघि बढाइरहेका छौँ ।’विभिन्न संघसंस्था र स्थानीयले सहयोग गरिरहेकाले अहिले त्यस्तो चिन्ता लिनुपर्ने अवस्था नभएको उनको भनाइ छ ।

गाउँका सामाजिक अभियन्ता रुपबहादुर विष्टले परिवारको अवस्था निकै नाजुक रहेको बताउँदै सहयोगका लागि सबैसँग आग्रह गरेका छन् ।‘मर्ने मान्छे त गयो तर बाँचेकालाई जसोतसो सबैले सहयोग गरेर जोगाउनुपर्छ’, उनले भावुक हुँदै भने । परिवारको अवस्था निकै नाजुक हुँदासमेत गाउँपालिका र वडाबाट तत्काल कुनै सहयोग नभएकोमा उनले आक्रोशित मुद्रामा दुःख पोखेका छन् ।

विष्टले भने, ‘खाने लाउने समयमा बालबच्चाले आफ्नो बुबा गुमाउनुपरेको छ । २१ वर्षीया नानीले आफ्नो श्रीमान गुमाउनुपरेको छ । ३ महिने शिशुले बुबाको मुख नै देख्न पाएन । अनि योभन्दा दुर्भाग्य के हुन सक्छ ?’ मानवताका नाताले भए पनि धेरथोर सहयोग गर्न सबैमा आग्रह गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *