अमेरिकाको कोलोराडोमा गो’ ली हानी एक नेपालीको ह’ त्या

ByRocket Reporter

२३ पुष २०७९, शनिबार १६:२१ २३ पुष २०७९, शनिबार १६:२१ २३ पुष २०७९, शनिबार १६:२१

अमेरिका– अमेरिकाको कोलोराडोमा एकजना नेपाली व्यवसायीलाई एक लुटेराले गो’ ली हानी ह’ त्या गरेको छ। आफ्नै पसलमा कार्यरत भेषराज लामिछानेको लुटेराले ह’ त्या गरेको हो। ह’ त्यारा अर्को राज्य इण्डियानाबाट पक्राउ परेको छ।

कोलोराडो राज्यको ह्वीट रिजमा खुद्रा पसल संचालन गरेर बसेका लामिछानेलाई बिहीबार राति ८ बजेतिर लुटेराले गो’ ली प्र’ हार गरेको थियो। समाचारअनुसार, लुटेराले शुरुमा पसलभित्र पसेर चिसो पेय पदार्थ खरिद गरेको थियो। सो पेय लिएर बाहिर निस्केको लुटेरा एकछिनपछि पुन फर्किएर अकस्मात् गो’ ली प्रहार गरेको थियो।

गो’ ली प्र’ हारपछि बाहिर पार्किङमा राखेको लामिछानेको गाडी लिएर भागेको थियो। लामिछानेको पसलमा कुनै चालचुल नभएकोपछि एकजना व्यक्तिले प्रहरीलाई खवर गरेको थियो। प्रहरी पुग्दा झण्डै ९ बजेको थियो। तनहुँ दमौली स्थायी घर भई सपरिवार कोलोराडो बस्दै आएका ५३ बर्षीय लामिछानेका श्रीमती, ३ छोरीका र एक छोरा छन्।

गाडी चोरेर भाग्ने क्रममा २०१५ मा बनेको निशान पाथ फाइण्डर गाडी दु’ र्घटनामा पर्दा इण्डियानामा शुक्रबार विहान साढे १० बजेतिर लुटेरा पक्राउ परेको हो। सडकमा धेरै स्पीडमा गाडी चलाएपछि इण्डियना प्रहरीले सो गाडीको पिछा गरेको थियो। प्रहरीले पिछा गरेको थाहा पाएपछि झन् स्पीड बढाएको ह’ त्यारा गाडी अनियन्त्रित भई दु’ र्घटनामा परेपछि पक्राउ परेको हो।

ह’ त्या गरेर भागेको सो लुटेराको नाम शनाथन डिनगेलो चान्स रहेको र उसको उमेर २६ बर्षको भएको इण्डियाना पक्राउको पक्राउ विवरणमा उल्लेख छ। ह’ त्यारा नर्थ क्यारिलिनाबासी भएको प्रहरीको विवरणमा उल्लेख छ। कोलोराडोको नेपाली समुदाय यो घटनापछि शो’ कमा डुबेको छ।

नेपालीहरुको संस्था नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालका अनुसार, यसअघि यसरी गो’ ली प्र’ हार गरी नेपालीको ह’ त्या भएको थिएन त्यसैले नेपाली समुदायका लागि यो पहिलो पी’ डादायी घटना हो। पी’ डितको अन्तिम संस्कार र परिवारका लागि भनेर नेपाली संस्थाहरुले गो फण्ड खोलेका छन्।

अध्यक्ष ढकालले विपतको समयमा पीडित परिवारलाई सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्। त्यस्तै उता पोर्चुगलको पोर्तोमा एक नेपाली युवाको मृ’ त्यु भएको छ। विगत ४ बर्षदेखि पोर्चुगल बस्दै आएका गुल्मीका ३० बर्षिय बाबुराम घिमिरेको सोमबार राति मृ’ त्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलले जनाएको छ।

गुल्मीको मुसिकोट नगरपालिका, वडा नम्बर–३, स्थायी घर भएका घिमिरेको श’ व नेपाल पठाउन आर्थिक संकलनका लागि एनआरएन पोर्चुगलले आग्रह गरेको छ। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले शव व्यवस्थापनको लागि सम्पूर्ण पोर्चुगलबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यथाशक्य आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं एनआरएनए पोर्चुगलद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *