नर्वेमा दुई वर्षपछि पेट्रोलबाट चल्ने कार हटाउने – Saja Khabar

ByRocket Reporter

२३ पुष २०७९, शनिबार १५:४४ २३ पुष २०७९, शनिबार १५:४४ २३ पुष २०७९, शनिबार १५:४४

नर्वेमा सन् २०२२ मा बिक्री भएका कारमध्ये ७९ प्रतिशत विद्युतीय कार रहेका छन् । १० वर्षअघिसम्म कुल बिक्रीको दुई दशमलव ९ प्रतिशत मात्रै विद्युतीय कार रहेको नर्वेमा एक दशकमै विद्युतीय कारका उपभोक्ता निकै धेरै बढेका हुन् ।

नर्वे सरकारले सन् २०१७ मा विद्युतीय कारमा विभिन्न सहुलियत दिएपछि विद्युतीय कारका उपभोक्ता बढेका वर्ल्ड इकोनमोमिक फोरमले जनाएको छ । नर्वे सरकारले सन् २०२५ भित्र पेट्रोल र डिजलबाट चल्ने कारको बिक्री अन्त्य गर्ने लक्ष्यसहित विद्युतीय गाडीमा सहुलियत दिएको थियो ।

नर्वे सरकारले विद्युतीय कार खरिद र बिक्रीमा लाग्ने करमा छुट दिएको छ भने विद्युतीय कार धनीले सडक कर तिर्नु पर्दैन । यस्तै सरकारले देशभर १६ हजारभन्दा धेरै सार्वजनिक चार्जिङ स्टेसन स्थापना गरेको छ । अहिले नर्वेका सडकमा ६ लाखभन्दा धेरै विद्युतीय कार गुड्छन् ।

विश्वमा सन् २०२१ मा ६६ लाख विद्युतीय कार बिक्री भएका छन् । यो विश्वमा बिक्री भएका कारको १० प्रतिशत हो । विश्वमा बिक्री हुने विद्युतीय कारको एक चौथाइ उत्पादन चीनमा हुने गरेको छ ।त्यस्तै उता भारतीय अटो जाइन्ट टाटाले अटो एक्स्पो २०२३ मा विभिन्न तीन इलेक्ट्रीक मोडल सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले पहिलो पटक ३ मोडल एकै साथ शोकेस गर्ने भएको हो ।भारतमा ईभी सेग्मेन्टमा एकछत्र राजगर्न सफल टाटाले आफ्नो सफल माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । टाटा पन्च अहिले भारतमा मासिक १० हजार यूनिटभन्दा धेरै विक्री हुने गरेको मोडल हो ।

यस्तोमा पन्चको इलेक्ट्रीक भर्सनमा सबैभन्दा धेरै चासो रहनु स्वाभाविक हो । पन्च नेक्सनभन्दा कम मूल्यमा आउने भएको कारण पनि धेरैले यसलाई चासोका साथ हेरेका हुन् ।टाटाले पन्चपछि कर्भ र अभिन्या मोडलको कन्सेप्ट पहिलो पटक पब्लिकलाई देखाउन लागेको हो ।

टाटाले यसअघि रिलिज गरेको यी दुबै मोडल पब्लिकलाई भने देखाइएको थिएन । टाटा कर्भ आगामी सन् २०२४ मा बजारमा आउने अनुमान गरिएको मोडल हो । विशेषगरी पेट्रोल र इलेक्ट्रीक दुबै भर्सनमा आउने कर्भ कुप्पे डिजाइनमा तयार हुने एसयूभी हो । यसलाई कम्पनीले पहिलो पटक सन् २०२२ अप्रिलमा सार्वजनिक गरेको थियो ।

टाटाको सेकेन्ड जेनेरेशन ईभी प्लेटफर्ममा आधारित रहने कर्भ ‘डिजिटल डिजाइन फिलोसपी’मा आधारित मोडल हो । त्यसैगरी टाटाले देखाउने अर्को मोडल अभिन्या हो । यसलाई कम्पनीले पूर्ण इलेक्ट्रीक प्लेटफर्ममा बनाउने छ । त्यसलाई टाटाले जेनेरेशन ३ प्लेटफर्म भनेको छ ।

आधुनिक फिचर लोडेड रहने अभिन्या सन् २०२५ सम्ममा आउने अनुमान गरिएको छ ।यसका अलावा कम्पनीले अटो एक्स्पो २०२३ मा ह्यारियर फेसलिफ्ट, सफारी फेसलिफ्ट, नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी शोकेस गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *