संकटालाई आहा रारा गोल्डकपको उपाधि – Pardafas.com

ByRocket Reporter

२३ पुष २०७९, शनिबार १२:४९ २३ पुष २०७९, शनिबार १२:४९ २३ पुष २०७९, शनिबार १२:४९

शहीद स्मारक ए डिभिजन टोली संकटा क्लबले शनिबार आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका जितेको छ । अतिरिक्त समयको पनि अन्त्यतिर कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि भ्रमणकारी टोली भुटनिज युथ एससी अमेरिकालाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।

तीन वर्षमा संकटाको यो दोस्रो आहा रारा पोखरा गोल्डकप उपाधि हो । अतिरिक्त समयको २७ औं मिनेटमा दुई विदेशी खेलाडीको समन्वयमा पेनाल्टी बक्समा प्राप्त बलमा सुनिलले गोल गर्दै संकटालाई जित दिलाएका हुन् । मेसुके ओलामाउ अघि बढाएको बललाई स्टेफन बिनोङले निकालेको पासमा सुनिलले गोल गरेका हुन् । सुनिल यहि सिजन लिग च्याम्पियन मछिन्द्र एफसी छाडेर संकटामा आबद्ध भएका थिए ।

पोखरा रंगशालामा त्यसअघि निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो । संकटाले पहिलो हाफमै लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा खेल अतिरिक्तमा धकेलिएको हो । ३५ औं मिनेट भित्रमै संकटाले २ गोलको अग्रता बनाएको थियो सुरज ज्यू ठकुरीले आठौं मिनेटमा गोल गर्दै संकटालाई अघि बढाएका थिए । निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पुजन थापामगरले रोकेका थिए । तर त्यहि बल रिबाउन्ड हुँदा सुरजले गोल गरेका हुन् ।

विदेशी मेसुके ओलामोउले ३५ औं मिनेटमा गोल गर्दै संकटाको अग्रतालाई दोब्बर पारेका थिए । कप्तान सुनिल बलको कर्नरमा मेसुकेले गोल गरेका थिए । त्यसको दुई मिनेट पछि (३७ औं मिनेट) मा रेने सान्टिलोनले गोल गर्दै भुटनिज युथलाई खेलमा फर्काएका थिए ।

विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडमार्फत बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक मोडमा लगेका थिए । दोस्रो हाफमा दुई वर्ष अघिको विजेता संकटाले थप गोलको अवसर सृजना गरेर पनि सफल नभएपछि उपाधिको टुंगो लाग्न अझै केहि समय कुुर्नुपर्ने भएको छ । सहारा क्लब पोखराको आयोजित प्रतियोगिताको विजेताले संकटाले उपाधिसहित १२ लाख र दोस्रो भुटनिज युथले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *