भनिन्छ, ‘आर्थिक अवस्था नाजुक भएकाले म’ रेपछि पनि सुःख पाउँदैनन् ।’ कालिकोटमा ठ्याक्कै यस्तै घटना भएको छ । मृ’ तकको का’ जकिरिया गर्ने रकम अभावमा कालिकोटमा एक परिवारको बिजोग भएको छ । नेपाली समाजको निकै प्रचलित कथन छ,‘जसको केही छैन, त्यसलाई नै सबथोक आइपर्छ ।’

पुस १३ गते कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ का २५ वर्षीय राजेन्द्र विष्टको मृ’ त्यु भयो । पैसा कमाएर घरपरिवार पाल्छु भनी हिँडेका उनी वडा कार्यालयको बाटो खन्न गएका थिए । तर, घर फर्कने क्रममा भीरबाट ल’ डेर मृ’ त्यु भयो । दुई दिनसम्म श्रीमान घर नफर्किएपछि श्रीमती तिरिका विष्टले सबैतिर हारगुहार गरिन् ।

स्थानीयको सहयोगमा खोजी भयो तर, त्यस बेलासम्म उनी यो संसारबाट अस्ताइसकेका थिए ।आर्थिक अवस्था दयनीय उनको परिवारले अहिलेसम्म पनि का’ जकिरिया गर्न सकेको छैन । नि’ धन भएको १० दिन बितिसक्दा पनि मृ’ तकको परिवार कि’ रिया खर्चको जोहो गर्दैछ ।

आर्थिक रुपले विपन्न परिवारमा घरमूली नै अस्ताएपछि विष्टको परिवारमाथि बज्रपात भएको छ । उनको मृ’ त्युसँगै घरको दियो पनि निभेको छ । बिहान बेलुकाको छाक टार्न ज्यालामजदुरी गर्दै आएका विष्टको जग्गा जमिन केही थिएन । उनले काठ चिरानी गरेर पाँच जनाको भरणपोषण गर्दै आएका थिए ।

उनी बिलाएपछि श्रीमती र तीन स-साना बालबालिकाको बिचल्ली भएको छ । २१ वर्षीया श्रीमती तिरिका र ती कलिला बालबालिकाको अवस्था दयनीय बनेको छ । भर्खरको उमेरमा तीन छोरीछोरीको आमा बनेकी तिरिकाको २१ वर्षमै सिउँदो पनि पुछिएको छ ।

पति वियोगसँगै उनीमाथि ६ वर्षका छोरा, ४ वर्षकी छोरी र ३ महिने दूधे बालकलाई कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ । ससाना बालबच्चाको पालनपोषण र घरखर्चको चिन्ताले उनी थप तनावग्रस्त बनेकी छन् । अवोध बालबालिका भने आफ्ना बुबाको पर्खाइमा देखिन्छन् ।मृतक विष्टका तीन दाजुभाइ छन् ।

तर, सबैको अवस्था उस्तै छ । बाटो खनेर घर फर्किने क्रममा ल’ डेर बितेका विष्टको परिवारलाई वडा कार्यालयले समेत आर्थिक सहयोग नगरेको बताइन्छ । परिवारलाई भोलि भन्दै वडाले टारेको स्थानीय बताउँछन् । विभिन्न संघसंस्था र गाउँलेको सहयोगमा ४० हजार रुपैयाँ जम्मा भएको भतिजा द्वितिक विष्टले बताए । त्यही रकमले कि’ रिया गर्न लागिएको उनी सुनाउँछन् ।

‘बल्लतल्ल ४० हजार जति सहयोग जम्मा भएको छ । घरमा अन्नको गेडो छैन’, उनले भने,‘त्यो रकमले कि’ रिया त भइरहेको छ तर त्यसपछि परिवारको छाक कसरी टार्ने, हामी अलमलमा छौं ।’एक बित्तो जमिन नभएकाले परिवार पाल्न निकै गाह्रो भएको उनको भनाइ छ ।

‘अलिकति कतै जग्गा भएको भए पनि यति गाह्रो त हुँदैनथ्यो होला । तर, हामीसँग न जग्गा छ न कमाउने कुनै बाटो । दूधे बालक बोकेर फेरि कमाउन कहाँ जानु ?’, दुःखी हुँदै उनले सुनाए । वडाध्यक्ष नगेन्द्र विष्टले दुःखमा परेको परिवारलाई हालसम्म कुनै सहयोग नभएको स्वीकारेका छन् ।

वडा कार्यालयले तत्काल सहयोग गर्न नसक्ने उनको दाबी छ । भने, ‘भन्नेबित्तिकै वडाले सहयोग गर्न सक्दैन । हामीले पहिला यसबारे सरकारसमक्ष आग्रह गर्नुपर्ने हुन्छ । विस्तारै प्रक्रिया अघि बढाइरहेका छौँ ।’विभिन्न संघसंस्था र स्थानीयले सहयोग गरिरहेकाले अहिले त्यस्तो चिन्ता लिनुपर्ने अवस्था नभएको उनको भनाइ छ ।

गाउँका सामाजिक अभियन्ता रुपबहादुर विष्टले परिवारको अवस्था निकै नाजुक रहेको बताउँदै सहयोगका लागि सबैसँग आग्रह गरेका छन् ।‘मर्ने मान्छे त गयो तर बाँचेकालाई जसोतसो सबैले सहयोग गरेर जोगाउनुपर्छ’, उनले भावुक हुँदै भने । परिवारको अवस्था निकै नाजुक हुँदासमेत गाउँपालिका र वडाबाट तत्काल कुनै सहयोग नभएकोमा उनले आक्रोशित मुद्रामा दुःख पोखेका छन् ।

विष्टले भने, ‘खाने लाउने समयमा बालबच्चाले आफ्नो बुबा गुमाउनुपरेको छ । २१ वर्षीया नानीले आफ्नो श्रीमान गुमाउनुपरेको छ । ३ महिने शिशुले बुबाको मुख नै देख्न पाएन । अनि योभन्दा दुर्भाग्य के हुन सक्छ ?’ मानवताका नाताले भए पनि धेरथोर सहयोग गर्न सबैमा आग्रह गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *