यस्ता छन् कांग्रेस संसदीय दलको बैठकका निर्णयहरू – Pardafas.com

ByRocket Reporter

२३ पुष २०७९, शनिबार १०:१० २३ पुष २०७९, शनिबार १०:१० २३ पुष २०७९, शनिबार १०:१०

नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको छ । शनिबार पार्टीको संसदीय दलको काार्यलय सिंहदरबारमा बसेको बैठकले पार्टीका सांसदहरूलाई प्रतिनिधि सभाको पहिलो बैठकमा उपस्थित हुन तयारीका लागि निर्देशन दिएको हो ।

बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा केके हुन्छन् र सांसदहरूले के गर्ने भन्नेबारेमा पनि सांसदहरूलाई जानकारी गराएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरूले केके गर्ने भन्नेबारेमा पनि जानकारी गराइएको बताए ।

उनले पार्टीको संसदीय दलको अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने पनि जानकारी गराए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने बताए ।

प्रमुख सचेतक लेखकले सिंगो पार्टी एकताबद्ध भएर प्रतिनिधि सभामा सशक्त भूमिका निर्वाह गर्ने बताए । बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएकोमा जनतालाई धन्यवाद दिने निर्णय गरेको छ भने संविधान सभा सदस्य एवं प्रतिनिधि सभाका पूर्वसांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *