श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि पश्चिमी संयुक्त राज्य अमेरिकाको माउन्टेन वेस्ट उपक्षेत्रस्थित भूपरिवेष्ठित राज्य उटाहमा एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासू र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो शहर एनोकमा यो घटना भएको जानकारी दिँदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायी समस्याका कारण हत्या भएको बताउँदै घटनाको विस्तृत विवरण सार्वजनिक गरेन । यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटले सम्बन्धविच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन् ।
(Source: Pardafas)