
हामी मध्ये धेरैलाई बाल्यकालमा हड्डी बलियो बनाउन दूध पिउनुपर्छ भनिएको हुनुपर्छ।
दूधमा क्याल्सियम पाइन्छ जुन हड्डीमा पाइने खनिजका लागि फाइदाजनक हुन्छ। तर दूध पिउनु र हड्डी बलियो हुने सम्बन्ध जति सरल देखिन्छ, त्यति नै जटिल छ ।
दूध र हड्डीबीचको सम्बन्ध बुझ्न सन् १९९७ मा हावर्ड युनिभर्सिटीले ७७ हजार महिला नर्समाथि अनुसन्धान गरेको थियो । यी महिलाहरूको १० वर्षको आहार अध्ययन गरिएको थियो। अन्वेषकहरूले पत्ता लगाए कि हप्तामा एक पटक वा कम दूध पिउने महिलाहरू र हप्तामा तीन वा बढी पटक दूध पिउने महिलाहरूमा हड्डी भाँचिएको संख्यामा कुनै भिन्नता छैन।
यो टोलीले तीन लाख ३० हजार पुरुषमा यस्तो अध्ययन गरेको थियो । र यहाँ पनि दूध पिउँदा हड्डी भाँचिएकोमा कुनै असर देखिएन ।
सन् २०१५ मा न्युजिल्यान्डको एउटा टोलीले दूधको यो प्रभावलाई बुझ्नको लागि परीक्षण गरेको थियो । जसमा केही व्यक्तिको आहारमा क्याल्सियम तत्व भएको चीज थपिएको थियो । यस टोलीले यस्तै १५ वटा अध्ययनको पुनः समीक्षा ग¥यो र पत्ता लगाए कि क्याल्सियमले हड्डीको घनत्वमा दुई वर्षसम्म प्रभाव पारेको थियो, तर दुई वर्षपछि, समयसँगै दूधसँग हड्डीको घनत्वमा खासै भिन्नता थिएन।
शरीरमा क्याल्सियमको आपूर्तिका लागि क्याल्सियम सप्लिमेन्ट पनि लिइन्छ तर यसको लामो समयसम्म प्रयोग गर्दा खतरा हुन्छ । यो न्यूजील्याण्ड टोलीले क्याल्सियम पूरकको प्रभाव बुझ्नको लागि ५१ अन्य परीक्षणहरू पनि सञ्चालन गर्यो। एक–दुई वर्षपछि हड्डी बलियो बन्ने काम बन्द हुने कुरा बाहिर आएको छ । यो क्याल्सियम सप्लिमेन्टले बढ्दो उमेरसँगै हड्डीको खनिजको हानि घटाउन वा रोक्न सक्छ।
जब अन्य देशहरूले यो तथ्याङ्कको अध्ययन गरे, तिनीहरूले दैनिक खानामा क्याल्सियमको मात्रा फरक रूपमा तय गरे। उदाहरणका लागि, अमेरिकामा दैनिक खानामा क्याल्सियमको मात्रा बेलायत र भारतको तुलनामा दोब्बर राखिएको छ। अमेरिकामा हरेक दिन एक व्यक्तिलाई २२७ एमएल दूध पिउन भनिन्छ।
दूध हाम्रो लागि कति फाइदाजनक छ र कति होइन भन्ने बहसको बीचमा सन् २०१४ मा दुईवटा नयाँ अध्ययन बाहिर आएको थियो जसअनुसार दिनमा तीन वा सोभन्दा बढी गिलास दूध पिउने मानिसको हड्डीलाई फाइदा हुँदैन । बरु यो हानिकारक हुन सक्छ।
सन् १९८७ र १९९७ मा स्विडेनको उप्सला विश्वविद्यालय र कारोलिस्का इन्स्टिच्युटले केही मानिसहरूलाई आफ्नो आहारमा दूधको प्रयोगसँग सम्बन्धित प्रश्नावली दिएका थिए। सन् २०१० मा यी व्यक्तिको मृत्युदरको अध्ययन गर्दा दैनिक एक गिलास दूध पिउने व्यक्तिको हड्डी भाँचिएको र चाँडै मृत्यु हुने गरेको पाइएको थियो ।
स्वीडेनको अध्ययनहरूमा सहभागीहरूलाई उनीहरूको दूध खपत औसत गर्न भनियो। यस्तो अवस्थामा यी व्यक्तिहरूले प्रश्नावलीमा मात्रै भनेका छन् कि कति दूध खान्छु, तर यसबाहेक दूधका धेरै कुरा खानामा पनि प्रयोग गरिन्छ ।
यी अध्ययनहरूले स्पष्ट रूपमा बताउँछन् कि कुनै पनि आहार सिफारिस गर्नु अघि यी डेटाहरू पुनः अध्ययन गर्न आवश्यक छ।
हालसम्मका सबै अध्ययनलाई जोडेर जे बाहिर आएको छ, त्यसअनुसार दूध पिउने हो भने ठिक हुन्छ । यसले हड्डीमा असर पार्ने सम्भावना हुन्छ ।
तर हड्डी बलियो राख्ने अन्य तरिकाहरू हुन सक्छन्। व्यायाम र भिटामिन डी हड्डी बलियो बनाउन एक राम्रो विकल्प साबित हुन सक्छ।
यसका लागि घामको किरण लिनुपर्छ, चिसो दिनमा भिटामिन डीको सप्लिमेन्ट पनि लिन सकिन्छ ।
बीबीसी हिन्दी
(Source: Healthpost Nepal)