पाँचतारे होटलमा संयम र आश्माकाे विवाह समारोह (फाेटाे/भिडियो)

ByRocket Reporter

१६ मंसिर २०७९, शुक्रबार ०९:५५ १६ मंसिर २०७९, शुक्रबार ०९:५५ १६ मंसिर २०७९, शुक्रबार ०९:५५

पाँचतारे हायात होटलमा कलाकार जोडी संयम पुरी र आश्मा डीसीबीच अहिले विवाह समारोह भइरहेको छ । झण्डै २०० जना जन्तीको उपस्थितिमा भइरहेको विवाहमा केही सेलिब्रिटी पनि उपस्थित छन् ।

यो पनि हेर्नुहोस्

हिन्दू परम्पराअनुसार भइरहेको विवाहमा बेहुला संयम र बेहुली पहिरनमा आश्मा दुवै जना खुसी देखिएका छन् । नर्लिङ रिसोर्टमा विवाहको रिसेप्सन पार्टीको आयोजना हुँदैछ ।

संयम र आश्माले सात वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत

नेपाली फिल्म क्षेत्रका केही चर्चित फिल्ममा अभिनय गरेका संयम र आश्माले सात वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

संयम फिल्म निर्देशक नारायण पुरीका छोरा हुन् । बाबुको ‘लिगेसी’लाई निरन्तरता दिंदै अघि बढेका उनले ग्याङस्टर ब्लुज, रातोघर, नाइँ नभन्नु ल ३, आभास, पुन्टे परेड, सायद लगायत हिट फिल्ममा अभिनय गरेका छन् ।

‘आभास’मा संयम रआश्माले स्क्रिन सेयर पनि गरेका थिए । आश्माले रेखा थापाको फिल्म ‘रामप्यारी, नाइँ नभन्नु ल ३ र आभासमा अभिनय गरेकी छन् । पछिल्लो समय कलाकारको बिहेको लर्को नै लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *