विबाह बन्धनमा बाधिए संयम र आश्मा [तस्बिरहरू]

ByRocket Reporter

१७ मंसिर २०७९, शनिबार ०६:२६ १७ मंसिर २०७९, शनिबार ०६:२६ १७ मंसिर २०७९, शनिबार ०६:२६

कलाकार जोडी संयम पुरी र आश्मा डीसी विबाह बन्धनमा बाधिएका छन् बिहेमा यो जोडी निकै खुशी देखिएका छन् । झण्डै २०० जना जन्तीको उपस्थितिमा भइरहेको विवाहमा केही सेलिब्रिटी पनि उपस्थित थिए ।

नर्लिङ रिसोर्टमा विवाहको रिसेप्सन पार्टीको आयोजना हुँदैछ । आश्माले ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् भने संयमले ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् ।

सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट संयमले डेब्यु गरेका थिए । आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् भने सयम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन् । संयमको रिसेप्सन पार्टी भने मंसिर २१ मा आयोजना गरिएको छ ।

यो पनि – बालेन शाहलाई घेराबन्दीमा पारियो, अब सबै स्वतन्त्रहरु एक हुनुपर्छ- हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘कथाले माग्यो अब १ स्वतन्त्रहरु एक बन्ने बेला आएको छ १ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ । यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ ।

हर्क साम्पाङले दुई दिनअघि पनि बालेनले आफ्नो फेसबुक स्टाटस शेयर गरेपछि हर्कले आज फेसबुकमा लेख्दै भेट हुँदा नाचेर देखाउनुपर्ने बताएका थिए । उनले आफूहरु मिलेको हेर्न चाहने धेरै रहेको भन्दै आफूबहरुबीच नमिलेको वा बाझेको कहिले थियो भनि प्रश्नसमेत गरेका छन् । ‘हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी बाझेको नै कहिले थियौँ र !

उनले लेखेका छन्, अब हाम्रो भेट हुँदा छमछमी नाचेरै देखाउनु पर्ला !’ काठमाडौं महानगरको फोहोर व्यवस्थापनबारे टिप्पणी गरेपछि यी दुई स्वतन्त्र मेयरहरुबीच वाक युद्ध चलेको थियो । हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी बाझेको नै कहिले थियौँ र ! अब हाम्रो भेट हुँदा छम्छमी नाचेरै देखाउनु पर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *