प्रचण्डको च्याँखेले दाउ नमार्ने देखिए पछि खुमलटारमा उखरमौलो !

ByRocket Reporter

१८ मंसिर २०७९, आईतवार ११:२२ १८ मंसिर २०७९, आईतवार ११:२२ १८ मंसिर २०७९, आईतवार ११:२२

काठमाडौँ – सर्वोच्च अदालतको परमादेशबाट नेपाली काग्रेसका सभापती शेरबहादुुर देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड फेरी पनि अर्को संकटले घेरिन पुगेका छन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष केपी ओलीले प्रधानमन्त्री नबनाए पछि पार्टीनै विभाजन गरेर नेपाली काग्रेसको शरणमा पुगेका उनी कागे्रससँगको सहकार्यलाई पनि बिट मार्ने मनस्थितीमा पुगेका छन् । जसरी पनि एक पटक प्रधानमन्त्री बनेर बालुवाटार बसोबास गर्ने खेलमा लागेका प्रचण्ड हिसाब किताबले फेल खाने देखिए पछि पिरोलिएका छन् ।

परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाएर आफुले गुन गरेको र अहिले प्रधानमन्त्री बन्ने पालो पनी आफ्नै भएको भन्दै काग्रेससँग भाग माग्ने बाहेक कुनै गतिलो तर्क उनीसँग बाँकी छैन तर पनि उनी कताबाट प्रधानमन्त्री बन्न पाइन्छ भनेर च्याखे थापिरहेका छन् ।

निर्वाचनमा निर्णायक तेस्रो शक्ति बन्ने र सत्ताको चाबी आफ्नो हातमा राख्ने सपना कल्पिएर बसेका प्रचण्ड निर्वाचन परिणाम अपेक्षाकृत नआए पछि पिरोलिएका छन् । माओवादी केन्द्र दिनप्रतिदिन मरिच जसरी चाउरिँदै गएको छ ।माओवादी केन्द्र विना पनि सरकार बन्ने धेरै वटा विकल्प देखिए पछि प्रचण्डको शेयर मूल्य निकै खस्किएको छ ।

अझै पनि काग्रेस र एमाालेमा च्याखे थापेर प्रधानमन्त्री पड्काउने दाउमा उनी रहे पनि यो पटक उनको तुरुप ढुस हुने सम्भावना बढ्दै गएको छ ।२० बर्ष सम्म काग्रेससँग गठबन्धन गरिने भन्ने गरेका प्रचण्ड निर्वाचन परिणाम आएको २० दिन पनि नपुग्दै काग्रेसलाई टाटाबाईबाई गर्ने मनस्थितिमा पुगेका छन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले सरकार गठनका लागी सबै विकल्पमा छलफल गर्ने ढोका खुल्ला गरेको छ ।आफैँले प्रतिगामी करार गरेको एमालेसँग पनि सहकार्य गर्न सकिने गरी माओवादी केन्द्र तयार भए पछि काग्रेसमा भने तरंग गएको छ ।प्रचण्डले धोका दिन लागेको भन्दै काग्रेस नेताहरु सशंकित बनेका छन् ।

काग्रेससँग बार्गेनिङ गर्नका लागी माओवादी केन्द्रले एमाले कार्ड फालेको पनि विश्ल्लेषण भइरहेको छ ।बदलिँदो परिस्थितीले प्रचण्डलाई काग्रेस र एमाले दुवै तिरबाट टाढा पुर्याइरहेको पनि राजनितीक विश्लेषकहरुले बताउन थालेका छन् । प्रचण्डको च्याखेले यस पटक काम नगर्ने र काग्रेस एमालेको सरकार बनेमा अचम्म मान्न नहुने कतिपयले बताउन थालेका छन् ।

प्रचण्डले आफु अन्तिम एक पटक प्रधानमन्त्री बन्ने र त्यो आफ्नो लागी लास्ट इनिङ हुने पटक पटक बताइरहेका छन् । अन्तिम पटक प्रधामन्त्री बनेर युगनै परिवर्तन गराइदिन्छु भनेर समेत भन्न पछि नपरेका प्रचण्डले जतिनै मुख मिठ्याए पनि प्रधानमन्त्रीको कुुर्सी भने उनी भन्दा परपर भागीरहेको देखीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *