प्रहरीको मनोबल वृद्धिका लागि सरकारले भरपुर सहयोग गर्छ : गृहमन्त्री – Pardafas.com

ByRocket Reporter

१८ मंसिर २०७९, आईतवार १०:३९ १८ मंसिर २०७९, आईतवार १०:३९ १८ मंसिर २०७९, आईतवार १०:३९

गृहमन्त्री बालकृष्ण खाणले प्रहरीहरूको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपुर सहयोग गर्ने बताएका छन्।

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरूलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए।

भर्खरै सम्पन्न आमचुनावका सन्दर्भ होस् वा नियमित शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा, प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गरेको भन्दै उनले प्रशंसासमेत गरे। मुलुकको शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको भनाइ थियो।

गृहमन्त्री खाणले कार्यालयमा रहेको प्रहरी ब्यारेक निरीक्षण गरेका थिए। उनले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशनसमेत दिएका छन्।

 


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *