फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेलमा प्रतिस्पर्धा हुँदा विश्व विजेता फ्रान्सले पोल्यान्डसँग खेल्दैछ ।यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे अल थुमामा रंगशालामा हुनेछ । पोल्ल्यान्डविरुद्ध मैदान उत्रदा साविकको विजेता फ्रान्स जितको लक्ष्यसहित मैदान उत्रदै उपाधि रक्षा अभियानलाई बलियो पार्न चहान्छ ।
यस विश्वकपमा सुरुवाती दुई खेलमा जित निकालेको फ्रान्स अन्तिम खेलमा दोस्रो रोजाईको टोली उतार्दा ट्युनिसियासँग १–० ले पराजित भएको थियो ।पोल्यान्डविरुद्ध मैदान उत्रदा फ्रान्सले ट्युनिसियाविरुद्धको गल्ती सुधार गर्दै निश्चित जितको लक्ष्यमा हुनेछ । दुई पटकको च्याम्पियन फ्रान्ससँग गोल्डेन बुटको दौडमा रहेका केलियन एमबाप्पेको साथ रहेको छ ।एमबाप्पेल ३ खेलमा ३ गोलसँगै एक असिस्ट दिइसकेका छन् ।
यसबाहेक टोलीसँग गोलरक्षक ह्युगो लोरिस, थिओ हर्नान्डेज, एक्सेल दिसासी, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान, एडुआर्डो कामाभिंगा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभर जिरुड र एन्टोइन ग्रिज्मन छन् ।
यता, रोबर्ट लेवान्डोस्कीको कप्तानीमा उत्रने पोल्यान्ड पनि फ्रान्सलाई स्तब्ध पार्दै १९८२ पछि क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । सोही संस्करणमा तेस्रो र त्यो भन्दा अघि १९७४ मा तेस्रो भएको पोल्यान्ड १९८६ मा अन्तिम १६ मा पुगेको थियो । त्यसपछि तीनपटक (२००२, २००६ र २०१८) मा विश्वकप खेलेको पोल्यान्डले समूह चरण पार गर्न सकेको थिएन ।
यसपटक पोल्यान्ड १९८२ कै स्थिति दोहो¥याउन चहान्छ ।अर्जेन्टिना रहेको समूहबाट उपविजेता बनेर अन्तिम १६ मा आएको पोल्यान्डले समूह चरणमा साउदी अरेबियालाई पराजित गर्दा अर्जेन्टिनासँग हार र मेक्सिकोसँग बराबरी खेलेको थियो ।टोलीसँग दुई खेलमा पेनाल्टी बचाएका गोलरक्षक वोजसिएच स्जेस्नी रहेका छन् ।
यस्तै जान बेड्नारेक, कामिल जिल्क, रोबर्ट गुम्नी, अर्थर जेड्रजेजिक, जाकुब किविओर, माटेअस विटेस्का, बार्टोज बेरेस्जिन्स्की, म्याटी क्यास र निकोला जालेव्स्की, क्रिस्टियन बिलिक, प्रजेमिस्लाव फ्रान्कोव्स्की, कामिल ग्रोसिकी, जेगोर्ज क्राइचोविक, जाकुब कामिन्स्की, माइकल स्कोरास, डामिएन सिमान्स्की, सेबास्टियन सिमान्स्की, पिओटर जिलेन्स्की, सिमोन जुर्कोस्की, रोबर्ट लेवान्डोस्की, एर्काडिअस मिलिक, क्रिजस्तोफ पियाटिक र कारोल स्विडर्सकी छन् ।
यि दुई टोली हालसम्म १६ पटक भिडेका छन् । ५ पटक फ्रान्स विजयी हुँदा पोल्यान्डले ३ खेल जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोली सन् २०११ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा पोल्यान्डले १–० को जित निकालेको थियो ।
त्यस्तै फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेलमा प्रतिस्पर्धा हुँदा इंग्ल्यान्डले अफ्रिकी प्रतिद्धन्द्धी सेनेगलसँग खेल्दैछ ।यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि अल बायत रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
समूहको पहिलो र तेस्रो खेलमा जित तथा दोस्रो खेलमा बराबरीको नतिजासहित अपराजित रहेर अन्तिम १६ मा पुगेको इंग्ल्यान्ड अफ्रिकी प्रतिद्धन्द्धीलाई हराएर क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । अघिल्लो संस्करणमा चौथो भएको इंग्ल्यान्ड यसपटक उक्त नतिजामाथि माथि जान चहान्छ ।
टोलीसँग यस विश्वकपमा दुई गोल गरिसकेका बुकायो साका र माकएस रासफर्ड रहेका छन् । यसबाहेक जोर्डन पिकफर्ड, ह्यारी मगाएर, लुक शा, एरिक डाएर, जोन स्टोन्स, काइल वाल्कर, काइरान ट्रीपिएर, कनर कोडी, बेन व्हाइट, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र जुड बेलिंघम छन् ।
यस्तै मेसन माउन्ट, कनर ग्यालाघर, डेक्लन राइस, जोर्डन हेन्डरसन, काल्भिन फिलिप्स, जेम्स म्याडीसन, फिल फोडेन, ज्याक ग्रिलिस, ह्यारी केन, रहिम स्टर्लिङ र क्यालम विल्सन छन् ।यता, सेनेगल पनि इंग्ल्यान्डलाई हराएर क्वाटरफाइनलमा पुग्न चहान्छ । सेनेगल २००२ मा एसियाको दक्षिण कोरिया र जापानमा भएको विश्वकपमा क्वाटरफाइनलमा पुगेको थियो ।
यसपटकको विश्वकप पनि एसियाको कतारमा आयोजना हुँदा सेनेगल सोही नतिजा दोहो¥याउन चहान्छ ।पहिलो खेलमा फ्रान्ससँग पराजित हुनुका बावजुत त्यसपछिको दुवै खेलमा जित निकाल्दै सेनेगलले अन्तिम १६ को यात्रा तय गरेको थियो । सेनेगलसँग एडुआर्ड मेन्डी, बौना सार, सालिउ सीस, कालिडु कौलिबली, पापे अबोउ सिसे, अब्दोउ डियालो र इब्राहिमा एम्बाय छन् ।
यस्तै अब्दुलाए सेक, फोडे बालो टुरे, चेखु कोउयाटे, पापे माटर सार, पापे गेये, नाम्प्लेस मेन्डी, इड्रीसा गाना गेये. मुस्तफा नामे, लोउम एनडीआए, जोसेफ लोपी, इस्माइला सार, बाम्बा डीएङ, केइटा बाल्डे, हबिब डियालो, बोउलाए डिया, फामारा डीएधिउ र मामे बाबे थिआम छन् ।