बाँकेमा राप्ती नदीमा बेपत्ता दुई जनाको शव भेटियाे – Pardafas.com

ByRocket Reporter

१८ मंसिर २०७९, आईतवार ०९:५२ १८ मंसिर २०७९, आईतवार ०९:५२ १८ मंसिर २०७९, आईतवार ०९:५२

बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आइतबार फेला परेको छ ।

बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।

मृत फेला पर्नेमा राप्तीसोनारी–६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्पणा थारु रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *