मेस्सिको भन्दा १२ खेल कम खेल्दा पनि मेस्सी र केलियन एमबाप्पेको बराबरी गोल

ByRocket Reporter

१७ मंसिर २०७९, शनिबार १५:२५ १७ मंसिर २०७९, शनिबार १५:२५ १७ मंसिर २०७९, शनिबार १५:२५

फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले फिफा विश्वकप फुटबलमा गोल गर्ने मामिलामा अर्जेन्टिनामा लियोनल मेस्सीसँग निकै चाँडो बराबरी गरेका छन् । ३५ वर्ष पुग्न लागेका मेस्सीले यति लामो करियर दौरान विश्वकपमा जति गोल गरेका छन्, युवा खेलाडी एमबाप्पेले त्यत्ति नै गोल मात्रै दुई विश्वकप खेल्ने दौरान गरिसकेका छन् ।

अर्थात्, मेस्सीले ५ विश्वकपमा खेलेर गरे जति गोल २३ वर्षका एमबाप्पेले मात्रै दुई विश्वकप खेल्दै गर्दा बराबरी गरेका हुन् ।कतारमा जारी विश्वकप फुटबलमा समूह चरणका खेल सकिँदा मेस्सीले विश्वकप फुटबलमा हालसम्म गरेको कूल गोल संख्या ८ भएको छ । यस दौरान उनले जम्मा २१ खेल खेलेका छन् ।

अर्थात्, मेस्सीले २१ खेलबाट विश्वकपमा ८ गोल गरेका छन् । तर, एमबाप्पेले मात्रै ९ खेलबाट ८ गोल गरेका छन् । खेल संख्या हेर्दा मेस्सीको भन्दा एमबाप्पेले १२ खेल कम खेलेर उनले गरे जति ८ गोलसँग बराबरी गरेका हुन् । विश्वकपमा एमबाप्पेको यो गोल स्कोरिङ स्पिड बडा द्रुत देखिन्छ ।

मेस्सी र एमबाप्पे दुवैको देश विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । अन्तिम १६ मा अर्जेन्टिनाले नेदल्यान्ड्स र फ्रान्सले पोल्यान्ड प्रतिस्पर्धी पाएको छ । जारी विश्वकपमा मेस्सीले ३ खेलबाट २ गोल गरेका छन्, जसमा १ पेनाल्टी गोल छ । एमबाप्पेले ३ खेलबाट ३ गोल नै गरेका छन् । एमबाप्पे विश्वकपको गोल्डेन बुटको दौडमा सामेल छन् ।

यो पनि – चोटको समस्यासँग जुधिरहेको उपाधि दावेदार ब्राजिलका दुई खेलाडीले फिफा विश्वकप कतार २०२२ को बाँकी खेल गुमाउने भएका छन् । यससँगै ब्राजिलको छैटौं पटक विश्वकप जित्ने लक्ष्यमा ठूलो धक्का लागेको छ ।शुक्रबार क्यामरुनविरुद्ध खेलमा चोट बोकेका फरवार्ड ग्याब्रीएल जेसस र डिफेन्डर एलेक्स टेलेसले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।

दुवै खेलाडीले शुक्रबार खेल दौरान घुँडामा चोट बोकेका थिए । ब्राजिलले एक विज्ञप्तिमार्फत दुवै खेलाडी विश्वकपका बाँकी खेलका लागि उपलब्ध नहुने जानकारी दिएको छ ।‘शनिबार विहान गरिएको परिक्षणको नतिजा अनुसार एलेक्स टेलेस र ग्याब्रीएल जेससले फिफा विश्वकपको बाँकी खेलका लागि ठिक नहुने भएका छन्,’ ब्राजिल फुटबल महासंघले जनाएको छ ।

ब्राजिलले सोमबार हुने अन्तिम १६ को खेलमा दक्षिण कोरियाको सामना गदैछ ।ब्राजिलका पहिलो रोजाइका विंगब्याक ड्यानिलो र एलेक्स सान्ड्रो दुवै चोटका कारण विश्राममा छन् । टेलेसको चोटसँगै अब ब्राजिलले सेन्टर ब्याक खेल्ने खेलाडीलाई विंगब्याकमा उतार्नुपर्ने देखिएको छ ।

ब्राजिलका लागि क्यामरुनविरुद्ध ड्यानी आल्भेसले कप्तानी गर्दै राइट ब्याक खेलेका थिए ।त्यस्तै टिटेले मार्किन्हसलाई विंगब्याकमा खेलाएर थियागो सिल्भा र इडर मिलिसाओ बिचमा खेलाउन पनि सक्छन् । फाबिन्होले पनि यसअघि सेन्टर डिफेन्समा खेलेका छन् ।

२६ सदस्यीय टोलीमा रहेका तीन विंगब्याक घाइते हुँदा ब्राजिल समस्यामा परेको हो ।आ क्रमणमा भने दोस्रो रोजाइका फरवार्ड ग्याब्रीएल जेससको स्थान लिन पर्याप्त खेलाडी ब्राजिलको टोलीमा छन् । स्टार खेलाडी नेयमार पनि कोरियाविरुद्ध पुनरागमन गर्ने प्रयासमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *