उपाधि दाबेदार ब्राजिललाई अर्को धक्का, यी २ स्टार विश्वकपबाट बाहिर

ByRocket Reporter

१७ मंसिर २०७९, शनिबार १४:५३ १७ मंसिर २०७९, शनिबार १४:५३ १७ मंसिर २०७९, शनिबार १४:५३

कतार विश्वकपको उपाधि दाबेदार ब्राजिलका लागि दोस्रो धक्का लागेको छ। क्यामरुनसँग समूहको अन्तिम खेल गुमाएको ५ पल्टको विश्व च्याम्पियन टिमको स्टार स्ट्राइकर गाब्रियल जेसस र लेफ्ट ब्याक एलेक्स टेलेस चोटका कारण विश्वकपबाट बाहिरिएका छन्।

ब्राजिलले विश्वकपको अन्तिम १६ मा एसियाली देश दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिल टिमका पहिले नै स्टार स्ट्राइकर नेइमारले चोट बोकिसकेका छन्। आर्सनलका फरवार्ड जेसस करिब एक महिना बाहिर रहने बताइएको छ। उनको दायाँ घुँडामा चोट लागेको थियो।

यस्तै म्यानचेस्टर युनाइटेडबाट ऋण सम्झौंतामा सेभिल क्लबबाट खेलिरहेका टेलेस भने लामो समय मैदानबाट बाहिरिनसक्ने आशंका गरिएको छ। उनलाई घुँडाको सल्यक्रिया आवश्यक रहेको ब्राजिलको न्युज एजेन्सी ग्लोबोले बताएको छ। शुक्रबार राती क्यामरुनविरूद्धको खेलमा दोस्रो हाफमा उनलाई पेड्रोले पदस्थापन गरेका थिए।

जेससको चोट तुरुन्त ठिक नभए उनले वेस्ट हामविरूद्ध बक्सिङ डेमा हुने आर्सनलको खेल पनि गुमाउनु पर्नेछ। दोस्रो हाफमा टेलेसको स्थानमा मार्किन्होस मैदानमा प्रवेश गरेका थिए। कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ ।

शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको हो । सर्बियालाई ३-२ ले हराउँदै समूह उपविजेता बनेको स्वीटजरल्याण्ड अन्तिम १६ मा पुग्ने अन्तिम टोली बन्‍यो ।

ब्राजिल समूह जी को विजेता तथा स्वीजरलयाण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । २२औं संस्करणको विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर खेलाइएको थियो । हरेक समूहमा ४-४ टिम थिए । समूह चरणको ४८ खेलपछि १६ टिम अन्तिम १६ मा प्रवेश गर्दा १६ टिमको चुनौती भने समाप्त भएको छ ।

हरेक समूहको समूह विजेता र समूह उपविजेता अन्तिम १६ मा पुगेका हुन् । यसपटक समूह चरणका खेलहरु रोमाञ्चक रहे । जहाँ केही अप्रत्याशित टीम पनि आए । उपाधि दाबेदार मानिएको पूर्व च्याम्पियन जर्मनीदेखि स्वर्णिम पुस्ताको बेल्जियम समूह चरणबाटै बाहिरिए ।

यस्तै उरुग्वे, मेक्सिको, डेनमार्कले पनि समूह चरण पार गर्न सकेनन् ।यता, जापान र मोरोक्को उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बने । एसियाबाट पहिलो पटक तीन टिम विश्वकपको नकआउट चरणमा पुग्‍यो । अब नकआउट चरणमा फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट चरणमा युरोपियन टिमकै वर्चस्व छ ।

युरोपबाट सर्वाधिक ८ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा एसियाबाट ३, दक्षिण अमेरिका र अफ्रिकाबाट २/२ दुई तथा उत्तर अमेरिकाबाट एक टिम छन् । समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल, समूह बी बाट इंग्ल्याण्ड र अमेरिका, समूह सी बाट अर्जेन्टिना र पोल्याण्ड,

समूह डी बाट फ्रान्स र अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *