पेलेको स्वास्थ्य अवस्था गम्भीर, अस्पताल बाट आयो यस्तो खबर

ByRocket Reporter

१७ मंसिर २०७९, शनिबार १३:४६ १७ मंसिर २०७९, शनिबार १३:४६ १७ मंसिर २०७९, शनिबार १३:४६

विश्वविख्यात फुटबल लिजेन्ड पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। आन्द्राको क्यान्सरविरुद्ध उपचार गराइरहेका पेलेको स्वास्थ्य झनै ख’ राब बनेको हो। डाक्टरहरुले पेलेको शरीरले कुनै प्रतिक्रिया नदेखाएपछि उनलाई दिइँदै आएको के’ मोथेरापी बन्द गरेर ‘जिवनको अन्तिम हेरचाह कक्ष’मा सारिएको छ।

ब्राजिलबाट प्राप्त रिपोर्टहरुमा ८२ वर्षीय पेले साओपाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत छन्। उनलाई अहिले ‘प्यालिएटिभ केयर’ वार्डमा सारिएको छ। समाचारअनुसार आन्द्राको क्यान्सरमा उनको शरीरले किमो थेरापीमा कुनै प्रतिक्रिया दिइरहेको छैन।

तीन पटकका विश्व च्याम्पियन पेलेलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। उनमा सुरुवातमा मुटुमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो। बिहीबार उनको अवस्था स्थिर रहेको जनाइएको थियो। तर फोल्हा डी साओपाउलोको रिपोर्टअनुसार पेलेले जीवनको अन्तिम समय अस्पतालमा बिताइरहेका छन्।

यो पनि – विश्वकप फुटबलमा अन्तिम १६ का खेल सुरु भएसँगै ब्राजिलियन टिम र समर्थकलाई एक खुसीको खबर छ कि, टोलीका प्रमुख खेलाडी नेइमार चोटमुक्त हुँदै मैदान फर्किने अन्तिम तयारीमा पुगेका छन् । प्रतियोगिताको पहिलो खेल सर्बियाविरुद्ध खेल्ने क्रममा घाइते भएका नेइमारले हिजोबाट एकल प्रशिक्षण सुरु गरेका छन् ।

र, उनले ढिलोमा भोलिबाट टिमसँगै समूहिक प्रशिक्षण गर्ने अपेक्षा गएिको छ ।अन्तिम १६ को खेल खेल्ने लक्ष्य सहित नेइमारले मैदान फर्किने तयारीमा रहेका छन् ।ब्राजिलले अन्तिम १६ को खेल सोमबार राति साउथ कोरियासँग खेल्ने तालिका छ ।त्यसको २ दिन अघिबाट नेइमार सामूहिक प्रशिक्षणमा फर्किने तयारीमा रहेको रिपोर्टमा उल्लेख छ ।

सो खेलको ३ दिनअघि नेइमारले एकल प्रशिक्षण थाल्नु ब्राजिलियन टिम र समर्थकका लागि पनि सुखद् कुरा हो । नेइमार समूह चरणको पहिलो खेल सर्बियाविरुद्ध खेल्ने क्रममा चोट बोकेर ८०औं मिनेटमा मैदान छाडेका थिए । त्यसपछि नेइमारले समूह चरणमा स्वीट्जरल्यान्ड र क्यामरुनविरुद्धका दुवै खेल गुमाए ।

नेइमार घाइते भएका बेला नै ब्राजिलियन प्रशिक्षक टिटेले यो बताएका थिए कि, नेइमार नकआउट चरणका खेल खेल्न तयार हुनेछन् । सो अनुसार नेइमार अब मैदान फर्किने अन्तिम तयारीमा देखिएका छन् । नेइमारको गोलीगाँठाको जोर्नीमा चोट परेको थियो ।

त्यो बेला नेइमारले रुँदै मैदान छाडेकाले उनले विश्वकपका बाँकी खेल गुमाउने सम्भावना देखिए पनि नेइमार अब चोटमुक्त हुँदै मैदान फर्किन तयार छन् ।समूह चरण्बाट ब्राजिल विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति उसले अन्तिम खेलमा क्यामरुनसँग खेल्दा १–० हो हार भोग्यो ।

त्यसअघि ब्राजिलले स्वीट्जरल्यान्डविरुद्ध १–० को जित निकाल्दा त्यसअघि पहिलो खेलमा सर्बियालाई २–० ले हराएको थियो । सुरुका दुवै खेल जितेको ब्राजिललाई गत राति क्यामरुनले प्रतियोगिताको पहिलो हार चखायो । अब ब्राजिलले अन्तिम आठ प्रवेशका लागि साउथ कोरियाको सामना गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *