स्याङ्जा २ बाट कांग्रेसका उपसभापति धनराज गुरुङको जित निश्चित भएको छ । ५२३७ मतगणना हुँन बाँकी हुँदा नै उनको जित निश्चित भएको हो ।पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार उनले २९५६६ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेकी ले २३५९१ मतका साथ पछ्याइरहेकी छन् ।
७०,१९१ मत खसेकोमा अहिलेसम्म ६४ हजार ९५४ मतगणना भइसकेको छ । अब ५२३७ मतगणना हुन बाँकी छ । धनराज र पद्माबीच अहिले ५९७५ मतान्तर छ । प्रदेशसभा पनि कांग्रेसका महेश भट्टराईले १७२१९ मतका साथ अग्रता लिँदा एमालेका बुद्धिमान श्रेष्ठले १४१२१ मतका साथ पछ्याइरहेका छन् ।
उता मतगणनाका क्रममा अपेक्षित मत प्राप्त नभएपछि नेपाली कांग्रेस दोलखाका सभापति तथा प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार बर्मा लामाले पार्टीभित्रकै केही ठूला नेताले अन्तर्घात गरेको आरोप लगाएका छन् ।सो क्षेत्र अन्तर्गत पर्ने कालिञ्चोक र शैलुङ गाउँपालिकाको मतगणना सकिदा अपेक्षित अग्रता नभएपछि लामाले अन्तर्घातको आरोप लगाएका हुन् ।
शैलुङको भुसाफेदा र कालिन्चोक १ मा बुथ कब्जा गरेको मतले समेत लामालाई फराकिलो अग्रता दिलाउन नसकेपछि उनी आक्रोशित बनेका हुन् ।लामाले जितको आशा अझै जीवित रहेको भन्दै फेसबुकमा लेखेका छन्– दोलखाको केहि ठुला काँग्रेसको नेताहरुले रकम
कलमको बलमा खेमा परिचालन गरेर (धमिरा-मुसा प्रबृत्ति ) घरभित्रै बसेर घर भत्काउने काम गरेको प्रमाणित भएको छ यो एक प्रकारको रोग हो यो रोगको अप्रेसन गर्ने तयारीमा छु सबै ईमान्दार काँग्रेसको सहयोगको आसा राखेको छु। अब बिगु गाउँपालिका र भिमेश्वर नगरपालिकाको मतगणना हुन बाँकी छ ।
भिमेश्वर नगरपालिका एमाले उम्मेदवार भरत केसीको गृहक्षेत्र रहेको र उनी निवर्तमान मेयर समेत रहेकाले त्यहाँबाट बर्मा लामा पछि पर्ने सम्भावना छ ।पछिल्लो मतगणनाको अपडेट अनुसार एमालेका केसीले १२ हजार २२१ मतसहित अग्रता लिएका छन् भने लामाले १२ हजार ६६ मत पाएका छन् ।