पोर्चुगललाई हराउदै दक्षिण कोरिया बिजयी – Saja Khabar

ByRocket Reporter

१६ मंसिर २०७९, शुक्रबार १६:५४ १६ मंसिर २०७९, शुक्रबार १६:५४ १६ मंसिर २०७९, शुक्रबार १६:५४

काठमाडौं— कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई २ – १ हराउदै दक्षिण कोरियाले बिजयी भएको छ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ई को अन्तिम खेलमा पोर्चुगलमाथि २-१ को जित दर्ता गर्दै कोरिया उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगल हारका बाबजुद समूह विजेता बन्यो ।मुख्य खेलाडी विश्राम दिएको पोर्चुगलले पहिलो हाफमा अग्रता लिएपनि त्यसलाई दोस्रो हाफसम्म लग्न सकेन ।

दोस्रो हाफमा थप खेलाडी विश्राम दिँदै पोर्चुगलले जोखिम नलिने रणनीति लिएको थियो । अर्को खेलमा ऊरुग्वे जिततर्फ उन्मुख भएपछि पोर्चुगल हारले पनि समूह विजेता बन्ने पक्का भएपछि प्रशिक्षक सान्तोसले जोखिम लिएनन् । यसको फाइदा कोरियाले उठायो ।

इन्ज्युरी समयमा गोल गर्दै कोरियाले २-१ को अप्रत्याशित जित हासिल गर्यो ।खेलको पाँचौ मिनेटमा पोर्चुगलले अग्रता लियो । डिअ‍ोगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले ६ यार्ड बक्स नजिकबाट सुन्दर फिनिस गरे ।२७ अ‍ौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो ।

कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ-ग्वनले गोलमा परिणत गरे । ६ यार्ड बक्स भित्रबाट उनले गोल गरेका थिए ।दोस्रो हाफको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हि चानले इन्ज्युरी समयमा गोल गर्दै खेल र समूह समीकरणमा अग्रता लियो ।पोर्चुगलको कर्नर असफल भएपछि ह्युङ मिन सनले आफ्नो हाफदेखि बल अघि बढाउँदै पोर्चुगलको पेनाल्टी नजिक पुर्याए ।

सनले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई ह्वाङ हि चानले गोलमा परिणत गरे ।समूहको अर्को खेलमा उरुग्वेले घानालाई २-० ले पराजित गरेपनि दुवै टोली अघि बढ्न सकेनन् ।यस नतिजासँगै पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो ।

पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो । कोरिया र उरुग्वे ३ खेलमा ४-४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया अघि बढेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घाना ३ अंक जोड्दै चौथो भएर चरणबाट बाहिरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *