जितेरपनि हार्यो उरुग्वे, सुआरेजले थाम्न सकेनन् आँसु, बेन्चबाट रुदै उरुग्वे विश्वकपबाट बाहिरिएको हेरे !

ByRocket Reporter

१६ मंसिर २०७९, शुक्रबार १८:०९ १६ मंसिर २०७९, शुक्रबार १८:०९ १६ मंसिर २०७९, शुक्रबार १८:०९

काठमाडौँ – उरुग्वे विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा घानामाथि २–० गोलको जित निकाले पनि उरुग्वे विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको हो ।उरुग्वे र दक्षिण कोरियाको समान चार–चार अंक भएपनि दक्षिण कोरिया गोल अन्तरका आधारमा बाहिरिएको हो ।

अल जानोउब स्टेडियममा उरुग्वेले पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको थियो। उरुग्वेलाई जित दिलाउन जर्जिन्हो डी आरेकेटाले दुई गोल गरे । उनले खेलको २६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२ औं मिनेटमा आरेकेटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई जित दिलाए ।

जित भए पनि उरुग्वेले एक गोल गर्न नसक्दा बाहिरिन पुगेको हो ।कप्तान आन्द्रे आयुले पेनाल्टीमा गोल गर्न नसकेपछि सुरु भएको घानाको दुर्भाग्य उरुग्वेको अग्रतापछि थप बढेको थियो । उरुग्वेले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा पकड जमायो ।

दोस्रो हाफमा घानाले केहि अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । प्रशिक्षक डिएगो अलोन्सोले अन्त्यतिर कोरिया बराबरीमा रहँदा खेलाडी परीवर्तन गर्नु निर्णायक सावित भयो ।घानाले खेलको १७ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो ।

तर कप्तान आन्द्रे आयुको पेनाल्टी गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको सहयोगमा पेनाल्टी पाएको थियो ।उरुग्वेले खेलको २७ अ‍ौं मिनेटमा अग्रता लियो । जिअर्जिअन डे अरासेटाले गोललाइन नजिकबाट बललाई पोस्टभित्र छिराउँदै यस विश्वकपमा उरुग्वेको पहिलो गोल गरे ।

लुइस सुआरेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लरेन्स इटि जिगीले बचाएपनि रिबाउन्डमा अरासेटा गोल गर्न तैनाथ थिए ।अग्रता दिलाएको ५ मिनेटमै अरासेटाले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक सुआरेजले दिएको पासलाई अरासेटाले शक्तिशाली प्रहारमा गोल गरे ।

उनले हावामा आएको पासलाई पहिलो टचमै हाफ भलीमा सुन्दर फिनिस गरे ।यस नतिजासँगै पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो । कोरिया र उरुग्वे ३ खेलमा ४-४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे ।दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया उपविजेता बन्दै अघि बढेको हो ।

कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घाना ३ अंक जोड्दै चौथो भएर चरणबाट बाहिरियो ।करियरकै अन्तिम विश्वकपमा समूहचरणबाटै बिदा हुनु पर्दा सुआरेजलाई सैह्या भएन । खेलको ६६ औं मिनेटमा बेन्चमा फिर्ता बोलाइएका उनले बेन्चबाट उरुग्वे विश्वकपबाट बाहिरिएको हेरे। त्यसक्रममा उनी खुलेरै रुन पुगे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *