काठमाडौँ – उत्कृष्ट फर्ममा रहेका पोर्चुगिज युवा डिफेन्डर नुनो मेन्डिसले विश्वकपका बाँकी खेल गुमाउने भएका छन्। समूह चरणको दोस्रो खेलमा उरुग्वेविरुद्ध चोटका कारण पहिलो हाफमै मैदान छाड्न बाध्य मेन्डिसले विश्वकप गुमाउने पक्का भएको हो।
पोर्चुगिच फुटबल फेडेरेसनले २० वर्षीय मेन्डिसले चोटका कारण विश्वकप गुमाउने जनाएको छ। उरुग्वेविरुद्ध खेलमा ह्यामिस्ट्रिङ इन्जुरीका कारण उनले ४१औं मिनेटमा मैदान छाडेका थिए। यो सिजन चोटले सताइएका उनी तेस्रो पटक घाइते भएका हुन् ।यस अघि उनी अक्टोबरमा २२ दिन र नोभेम्बरमा १ साता मैदान बाहिर रहेका थिए।
यो पटक उनी एक महिना मैदान बाहिर रहने बताइएको छ। पोर्चुगिच प्रशिक्षक फर्नान्डो सान्तोषका उनी महत्वपूर्ण खेलाडी थिए । अब उनको स्थानमा राफायल गुइरेरो लिनेछन् । सान्तोषसँग जोआ क्यान्सेलोलाई लेफ्टबाट खेलाएर डिएगो डालोटलाई राइटबाट खेलाउने अप्सन पनि छ।
यो पनि – समूहमा लगातार जित निकाल्दै यसअघि नै नआउट चरणमा पुगिसकेको ब्राजिलले समूहको अन्तिम खेलमा आज क्यामरुनको सामाना गर्दैछ। यो खेल आज राति १२ः४५ बजे हुनेछ। क्यामरुनविरुद्ध मैदान उत्रँदा ब्राजिलले स्टार्टिङ लाइनअपमा परिवर्तन गर्नेछन्।
क्यामरुनविरुद्ध लाइनअप परिवर्तन गर्ने संकेत मुख्य प्रशिक्षक टिटेले गरेका छन्। नेमार, डानिलो र एलेक्स सान्ड्रो घाइते भएकाले टिटे आफ्ना केही मुख्य खेलाडीलाई नकआउटका लागि जोगाउन चाहन्छ। क्यामरुनविरुद्ध टिटेले गोलकिपरमा एलिन्सनको स्थानमा इडर्सनलाई खेलाउने छन्
डिफेन्सको जिम्मा इडर मिलिटाओ, गिल्सन ब्रेमर, एलेक्स टेलेस र ड्यानी अल्भेस हुनेछन्। यस्तै, मिडफिल्डमा फाबिन्हो, ब्रुनो गुइमेरेज र रोड्रिगोले मौका पाउन सक्छन्। स्ट्राइकिङमा टिटेले ग्याब्रिअल जेसुस, ग्याब्रिअल मार्टिनेली र एन्थोनीलाई सुरुआतमै मौका दिन सक्छन्।
यता, क्यामरुन पनि ब्रालिललाई हराउँदै नकआउट सम्भावना कायमै राख्ने दाउनमा हुनेछ । ब्राजिललाई हराउन सकेन ४ अंक हुने उसको अर्को खेलमा आफूअनुकुल नतिजा आए नआउट पुग्न सक्ने छ।