२० वर्षपछि पोर्चुगल र कोरिया आमनेसामने, कसले मार्ला बाजी ?

ByRocket Reporter

१६ मंसिर २०७९, शुक्रबार १२:०६ १६ मंसिर २०७९, शुक्रबार १२:०६ १६ मंसिर २०७९, शुक्रबार १२:०६

कतारमा जारी विश्वकपमा शुक्रबार राति समूह एच को अन्तिम खेलमा दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे भिड्दै छन्।पोर्चुगल र दक्षिण कोरिया २० वर्षपछि विश्वकपमा आमने सामने हुन लागेका हुन्। यसअघि सन् २००२ मा भएको भेटमा कोरियाले

पोर्चुगललाई १–० ले हराएको थियो। पोर्चुगल आजको खेलमा त्यो हारको बदला लिने योजनामा हुँदा कोरिया भने इतिहास दोहोर्‍याउने दाउमा हुनेछ। यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको पोर्चुगललाई समूह विजेता बन्न आजको खेलमा बराबरी नै पर्याप्त हुनेछ।

तर पोर्चुगल शतप्रतिशत जितका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गर्न गर्न चाहन्छ। विश्वकपमा पोर्चुगलको उत्कृष्ट नतिजा भनेको १९६६ मा तेस्रो हुनु हो। पोर्चुगल १९८६, २००२ र २०१४ को समूह चरणबाटै बाहिरिएको थियो। नक
आउट चरणमा स्थान बनाउनका लागि दक्षिण कोरियालाई भने स्पष्ट जितको खाँचो छ।

बराबरीको नतिजाले पनि कोरियाको अघिल्लो चरण पुग्ने सम्भावना सकिनेछ। पहिलो खेलमा हार व्यहोरेको कोरियाले दोस्रो खेलमा बराबरीको नतिजा निकालेको थियो। दक्षिण कोरियाले पोर्चुगलमाथि जित निकालेर मात्र पर्याप्त हुने छैन। घाना र उरुग्वेको नतिजाले पनि अघिल्लो चरणको यात्रा तय गर्नेछ।

११ औँ पटक विश्वकपमा सहभागिता जनाइरहेको कोरिया यसअघिका दुई संस्करणमा पहिलो चरणबाटै बाहिरिएको थियो।विश्वकपमा कोरियाको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको २००२ मा सेमिफाइनल खेल्नु हो। त्यसपछिको संस्करणमा पहिलो चरणबाट बाहिरिएको कोरिया २०१० मा अन्तिम १६ सम्म पुगेको थियो। यी दुई संस्करण बाहेक कोरियाले पहिलो चरण पार गर्न सकेको छैन।

यो पनि -कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको समूह चरणको अन्तिमे खेल सकिन लाग्दा गोल्डेन बुटको दौडमा पाँचजना खेलाडी देखिएका छन्। समूह चरणका खेल सकिन लाग्दा पाँच खेलाडीले समान ३ गोल गर्दै आफूलाई गोल्डेन बुट दौडको अग्र स्थानमा राखेका छन् ।

गोल्डेन बुटको स्पेनका स्ट्राइकर अल्भारो मोराटा, फ्रान्सका फरवार्ड केलियन एम्बाप्पे, इंग्ल्याण्डका मार्कुस रास्फोर्ड, नेदरल्याण्ड्सका कोडी गोप्को र इक्वेडरका इन्नर भ्यालेन्सिया गोल्डेन बुटको दौडमा छन्। यी पाँचैजना खेलाडीले समान ३–३ गोल गरेका छन्। यी पाँचै जना खेलाडीले आफ्नो समूहका तीन खेल खेलिसकेका छन्।

यी पाँच खेलाडीमध्ये भ्यालेन्सियाको देश इक्वेडर प्रतियोगिताबाट बाहिरिसकेको छ। जसकारण गोल्डेन बुट दौडको प्रतिस्पर्धाबाट भ्यालेन्सिया ओझेलमा परेका छन्। प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई हरेक विश्वकपमा गोल्डेन बुट दिइँदै आइएको छ।

यदि, खेलाडीहरूको गोल संख्या बराबरी भएको अवस्थामा बढी असिस्ट उपलब्ध गराउनेलाई यो अवार्ड दिइन्छ। गोल संख्या र असिस्ट पनि बराबरी भएको अवस्थामा जसले थोरै मिनेट मैदानमा बिताएको उसैलाई यो अवार्ड दिइन्छ। मोराटा र एम्बाप्पेले १–१ असिस्ट पनि गरेका छन्।

यस्तोमा गोल्डेन बुटकोदौडमा उनीहरू अगाडि छन्। सन् २०१८ मा ६ गोल गर्दै इंग्ल्याण्डका ह्यारी केनले यो अवार्ड जितेका थिए। २०१४ मा भने ६ गोल नै गर्दै कोलम्बियाका जेम्स रोड्रिगेज तथा २०१० मा जर्मनीका थोमस मुलरले ५ गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *